चीनमा फेरि फर्कियो कोरोना, लाग्यो लकडाउन/ स्कुल , कलेज र सपिङ मल बन्द

२८ असोज,एजेन्सी ।
विश्वभर तहल्का मच्चाएको कोभिड १९ कोरोना भाइरसको संक्रमण यसको उद्गम स्थल मानिएको चीनमा फेरि फैलिएको छ । चीनको व्यापारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी थपिएका छन् । जुन पछिल्लो तिन महिना यताकै सबै भन्दा बढी रहेको जनाइएको छ । संक्रमित मध्ये दुई जना बाहेकलाई हाल क्वारेनटाइनमा राखिएको छ । कोरोनामा बढोत्तरी देखिएसँगै कम्युनिटी ट्रान्समिसनले सांघाईका १६ मध्ये पाँच जिल्लाहरुमा लकडाउनको घोषणा गरेको हो ।

हाल लकडाउन घोषणा गरिएका जिल्ला मध्य सांघाईको पुडोग जिल्ला पनि समावेश छ , यही जिल्लामा सर्वप्रथम कोरोना संक्रमणको सुरुवात भएको थियो । चीनले कोभिडविरुद्ध शुन्य नीति लिएका कारण उसले सानो संख्यामा संक्रमण फैलिएपनि अत्यन्त कडाईका साथ त्यसलाई निर्मूल पार्ने प्रयास गर्दै आएको छ ।

Advertisement

विश्वका अधिकांस देशहरु हाल कोरोना महामारीको संक्रमणका कारण जारी बन्दाबन्दीलाई हटाउँदै गइरहेको अवस्थामा चीन भने हालसम्म कोरोना महामारीको चपेटा उन्मुक्त हुन सकिरहेको अवस्था छैन । चीनले अझै पनि ‘शुन्य कोभिड नीति’ लाई कडाईका साथ लागू गर्दै आएको अवस्था छ ।

गत सोमबाटदेखि उत्तरी चीनको फेनयाङ सहरमा पनि लकडाउनको घोषणा गरिएको थियो । यस्तै अर्को सहर होहोटमा कोरोनाका कारण बाहिरबाट आउने मानिस र सवारी साधनलाई रोक लगाइएको छ । यति मात्र नभएर चीनमा पार्क, अफिस, पसल र सार्वजनिक स्थानमा प्रवेश गर्दा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।

Advertisement

वल्डोमिटरका अनुशार चीनमा अहिले ४ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट ५ हजार २ सय २६ जनाको मृत्यु भईसकेको छ । विश्वभर भने अहिलेसम्म ६२ करोड ८९ लाख भन्दा बढी कोरोनाबाट संक्रमित भईसकेका छन् भने ६५ लाख ६८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top