×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

१ लाख फिरौती नदिदा विराटनगरमा युवकको हत्या

२८ आश्विन २०७९

२८ असोज, विराटनगर ।
विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको अवस्थामा शव भेटिएको छ । सिरहा गोलबजार घर भएका अंशु सदाको होटलमा शव भेटिएको हो । अपहरणमा परेका सदाको विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् ।

Advertisement
Advertisement

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको प्रहरीको अनुमान छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै रहेको छ ।

Advertisement
Advertisement

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाका अनुशार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ उनले भनेका छन् ‘सिरहाबाट अपहरण गरेको कुरा आएको छ, थप अनुसन्धान हुँदैछ । ’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top