×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

चुनावमा कलाकार, को कहाँ ? कोसँग भिड्दैछन् ?

२८ आश्विन २०७९

२८ असोज, काठमाण्डौ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन राजनीतिक दल र तिनका नेतालाई मात्रै होइन, व्यवसायी, उद्योगी, चिकित्सक अनि कलाकारहरुलाई समेत जोडतोडका साथ लागेको छ । राजनीतिक दलका नेताबाहेक अन्य पेशा व्यवसायमा लागेका दर्जनौं ब्यक्तिहरु मंसिर ४को चुनावपछि संसद् छिर्ने योजना बुनेर मतदाता रिझाउन लागिपरेका छन् ।

आसन्न चुनावमा प्रत्यक्ष र स्वतन्त्रबाट एक दर्जन बढी कलाकार मुख्य राजनीतिक पार्टीका बलिया उम्मेदवारसँग भिड्दै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा मोरङ क्षेत्र–३ की प्रत्यक्ष उम्मेदवार हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल र कांग्रेसका डा. सुनील शर्मा हुन्।

Advertisement
Advertisement

एमालेबाट निवर्तमान सांसद तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल र सत्तारुढ गठबन्धनबाट कांग्रेसका शर्माले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को चुनावमा ढकाल शर्मालाई पराजित गरेर निर्वाचित भएका थिए ।

गायिका कोमल वलीले एमालेबाट दाङ क्षेत्र–३ मा प्रत्यक्षतर्फको टिकट पाएकी छन्। २०७४ मा समानुपातिकबाट राष्ट्रिय सभामा पुगेकी वली यस पटक प्रत्यक्षमा भिड्दै छन्। दाङ क्षेत्र–३ मा सत्ता गठबन्धनबाट कांग्रेसले दीपक गिरी र राप्रपाले ओजबहादर खड्कालाई उठाएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका गिरी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए। मेरी बास्सैबाट हास्य कलाकारका रूपमा चिनिएका मधुसूदन पाठक ‘सीते बा’ले स्वतन्त्र उम्मेदवार दिएका छन्।

उनले काठमाडौं क्षेत्र– ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। पाठकले सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका रामप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। विवेकशील–साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ को चुनावमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। चलचित्र निर्देशक मनोज पण्डितले काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले एमाले नेता गोकुलप्रसाद बाँस्कोटा र कांग्रेसका शिवप्रसाद हुमागाईंसँग प्रतिस्पर्धा गर्नेछन्।

२०७४ को निर्वाचनमा बाँस्कोटा ठूलो मतान्तरसहित निर्वाचित भएका थिए । काठमाडौं क्षेत्र–६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यही क्षेत्रबाट कांग्रेसले भीमसेनदास प्रधान र एमालेले सर्वेन्द्र खनाललाई उठाएको छ।

गायक श्रेष्ठले केही महिना अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका हुन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका थिए। पार्टी छाडेपछि उनी स्वतन्त्र बनेका हुन् । सञ्जयले चार महिनाअघि नै काठमाडौं निर्वाचन क्षेत्र–६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए।

राप्रपाले सो क्षेत्रबाट विष्णुप्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएका थिए। प्रधान २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन र संविधानसभा निर्वाचन २०७० मा काठमाडौं–६ बाट निर्वाचित भएका थिए। पूर्वप्रहरी महानिरीक्षक खनाल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्।

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हुन्। हिमेशले यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्दै छन्।

२०७४ को चुनावमा एमालेका पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट धादिङ क्षेत्र–१ को प्रदेश ‘क’ बाट उम्मेदवारी दिएका तत्कालीन एमाले नेता पाण्डे भारी मतान्तरले विजयी भएका थिए। धादिङ क्षेत्र–१ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी पनि २०७४ को निर्वाचनमा कांग्रेसका विश्वप्रसाद अर्याललाई हराउँदै भारी मतले विजयी भएका थिए।

निर्माता तथा कलाकार रोज राणाले प्युठान ‘ख’बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन्। उनले प्रदेशसभा सदस्यका लागि कांगे्रसबाट टिकट पाएका हुन्। कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका राणा पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ मानिन्छन्।

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई ‘मनाएर’ आगामी चुनावमा टिकट फुत्काएका कलाकर्मीहरू कोही दलबाटै त कोही स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिँएका छन्। तर चुनावमा उठेका राजनीतिक दलका बलिया उम्मेदवारहरु कलाकारका लागि जित निकाल्न ठूलो चुनौती देखिएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top