NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
Next
Prev

समाचार

चुनावमा कलाकार, को कहाँ ? कोसँग भिड्दैछन् ?

शुक्रबार अशोज २८ , २०७९
Reading Time: 1 min read
A A
चुनावमा कलाकार, को कहाँ ? कोसँग भिड्दैछन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ असोज, काठमाण्डौ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन राजनीतिक दल र तिनका नेतालाई मात्रै होइन, व्यवसायी, उद्योगी, चिकित्सक अनि कलाकारहरुलाई समेत जोडतोडका साथ लागेको छ । राजनीतिक दलका नेताबाहेक अन्य पेशा व्यवसायमा लागेका दर्जनौं ब्यक्तिहरु मंसिर ४को चुनावपछि संसद् छिर्ने योजना बुनेर मतदाता रिझाउन लागिपरेका छन् ।

आसन्न चुनावमा प्रत्यक्ष र स्वतन्त्रबाट एक दर्जन बढी कलाकार मुख्य राजनीतिक पार्टीका बलिया उम्मेदवारसँग भिड्दै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा मोरङ क्षेत्र–३ की प्रत्यक्ष उम्मेदवार हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल र कांग्रेसका डा. सुनील शर्मा हुन्।

एमालेबाट निवर्तमान सांसद तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल र सत्तारुढ गठबन्धनबाट कांग्रेसका शर्माले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को चुनावमा ढकाल शर्मालाई पराजित गरेर निर्वाचित भएका थिए ।

गायिका कोमल वलीले एमालेबाट दाङ क्षेत्र–३ मा प्रत्यक्षतर्फको टिकट पाएकी छन्। २०७४ मा समानुपातिकबाट राष्ट्रिय सभामा पुगेकी वली यस पटक प्रत्यक्षमा भिड्दै छन्। दाङ क्षेत्र–३ मा सत्ता गठबन्धनबाट कांग्रेसले दीपक गिरी र राप्रपाले ओजबहादर खड्कालाई उठाएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका गिरी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए। मेरी बास्सैबाट हास्य कलाकारका रूपमा चिनिएका मधुसूदन पाठक ‘सीते बा’ले स्वतन्त्र उम्मेदवार दिएका छन्।

उनले काठमाडौं क्षेत्र– ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। पाठकले सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका रामप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। विवेकशील–साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ को चुनावमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। चलचित्र निर्देशक मनोज पण्डितले काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले एमाले नेता गोकुलप्रसाद बाँस्कोटा र कांग्रेसका शिवप्रसाद हुमागाईंसँग प्रतिस्पर्धा गर्नेछन्।

२०७४ को निर्वाचनमा बाँस्कोटा ठूलो मतान्तरसहित निर्वाचित भएका थिए । काठमाडौं क्षेत्र–६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यही क्षेत्रबाट कांग्रेसले भीमसेनदास प्रधान र एमालेले सर्वेन्द्र खनाललाई उठाएको छ।

गायक श्रेष्ठले केही महिना अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका हुन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका थिए। पार्टी छाडेपछि उनी स्वतन्त्र बनेका हुन् । सञ्जयले चार महिनाअघि नै काठमाडौं निर्वाचन क्षेत्र–६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए।

राप्रपाले सो क्षेत्रबाट विष्णुप्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएका थिए। प्रधान २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन र संविधानसभा निर्वाचन २०७० मा काठमाडौं–६ बाट निर्वाचित भएका थिए। पूर्वप्रहरी महानिरीक्षक खनाल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्।

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हुन्। हिमेशले यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्दै छन्।

२०७४ को चुनावमा एमालेका पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट धादिङ क्षेत्र–१ को प्रदेश ‘क’ बाट उम्मेदवारी दिएका तत्कालीन एमाले नेता पाण्डे भारी मतान्तरले विजयी भएका थिए। धादिङ क्षेत्र–१ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी पनि २०७४ को निर्वाचनमा कांग्रेसका विश्वप्रसाद अर्याललाई हराउँदै भारी मतले विजयी भएका थिए।

निर्माता तथा कलाकार रोज राणाले प्युठान ‘ख’बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन्। उनले प्रदेशसभा सदस्यका लागि कांगे्रसबाट टिकट पाएका हुन्। कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका राणा पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ मानिन्छन्।

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई ‘मनाएर’ आगामी चुनावमा टिकट फुत्काएका कलाकर्मीहरू कोही दलबाटै त कोही स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिँएका छन्। तर चुनावमा उठेका राजनीतिक दलका बलिया उम्मेदवारहरु कलाकारका लागि जित निकाल्न ठूलो चुनौती देखिएका छन् ।

Tags: #चुनावमा कलाकारको सँग भिड्दै

लोकप्रीय

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२

विचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२

थप समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?
ताजा समाचार

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.