सन्दीपविरुद्धको अभियोग तयार,१४ गते पेश हुने

५ कात्तिक ७९, आइतबार

६ कात्तिक , काडमाण्डौ ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुसन्धानका लागि समय थपेको हो। यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २० गतेबाट गणना हुने गरी २४ गते सात दिनको म्याद दिएको थियो। असोज २७ गते दोस्रोपटक पुनः सात दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो।

सञ्चारकर्मीहरूसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए। आजै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी रहेको पनि उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले यही कात्तिक १४ गते सन्दीपविरुद्ध अदालतमा मुद्दा दायर गरिने बताए ।

Advertisement

उनका अनुसार सन्दीपको बयान सकिएको छ । सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको र दुईवटा जन्मदर्ता भएको दाबी गर्दै आएका छन् । नागरिकतामा नाबालिग देखिएको र जन्मदर्तामा बालिग भएको उनीहरूको जिकिर छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता घिमिरेले भने नागरिकताकै आधारमा मुद्दा प्रक्रिया अगाडि बढाइने बताए का छन् । यस्तोमा सन्दीपविरुद्ध नाबालिग बलात्कारकै अभियोगमा मुद्दा दायर हुनेछ । उनीविरुद्ध नाबालिग बलात्कारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुर दाबी गरिनेछ ।

Advertisement

सो दफामा उल्लेख छ, “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।” सोही दफाको उपदफा (३) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ ।

सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् । आफूलाई फसाउन क्रिकेटसम्बद्ध व्यक्ति नै लागेको दाबी समेत उनले गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top