×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?

६ कार्तिक २०७९

६ कात्तिक , काठमाण्डौ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा तीव्र प्रतिस्पर्धा अनि चुनावी अंकगणित र परिणामलाई लिएर सर्वाधिक चासोका क्षेत्र मध्येको एक हो झापा क्षेत्र नम्बर १ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको यस निर्वाचन क्षेत्र नं १ मा एक लाख बीस हजार ३ सय ७५ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एमालेका चर्चित नेता अग्नि खेलसँग तीव्र प्रतिस्पर्धा हुने आकलन गरिउको छ । यहाँ शर्मा वामपन्थीको गढलाई भत्काउने तयारीमा छन् भने खरेल वामपन्थीको गढलाई बचाउदै शर्मालाई रोक्ने तयारीमा छन् ।

Advertisement
Advertisement

शर्मा तेस्रोपटक संघीय संसदमा प्रतिनिधित्वका लागि झापा–१ बाट यसपटक पनि निर्वाचन लड्दैछन्। यसअघि उनलाई संसद्मा प्रतिनिधित्व गरेको अनुभव रहेको छैन् । पार्टी जीवनमा निरन्तर सफलता हात पारेपनि शर्माका लागि संसदीय चुनाव भने अफापसिद्ध बन्दै आएको छ। २०७० र २०७४ को चुनावमा झापा–१ मा पराजित बनेका शर्मा तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन्।

अग्नि खरेल पहिलोपटक प्रत्यक्षतर्फ निर्वाचन लड्न लागेका व्यक्ति हुन्। विगतमा कानून मन्त्री र महान्यायाधीवक्ता भैसकेका खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता कारण पार्टीभित्र बलिया मानिन्छन्। दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेका खरेल पहिलोपटक जनअनुमोदिन हुन निर्वाचन लड्न लागेका हुन्।

पहिलो संविधान सभामा खरेल राष्ट्रपतिबाट मनोनीत भएका थिए भने दोस्रोमा समानुपातिकमार्फत् संविधानसभा प्रवेश गरेका थिए। २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवार नै विजेता बन्दै आएका छन्।

२०७४ मा पनि एमाले र माओवादी गठबन्धनबाट माओवादीका राम कार्की यो क्षेत्रमा विजेता बनेका थिए।झापा–१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूले ३१ हजार २ सय ३२ मत छ भने कांग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन्। झापा–१ मा एमाले–राप्रपा गठबन्धनसँग ३७ हजार १ सय ५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४ सय ७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ।

प्रदेश सभाको क्षेत्र ‘२’ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्। कांग्रेस सहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले यसपटक चुनाव जित्ने लक्ष्य लिएका छन्।

शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ। एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने दाबीसाथ प्रचार गरिरहेका छन्। आउँदो चुनावमा स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा–१ मा तेस्रोपटक चुनावी परीक्षामा होमिएका शर्मा फेरि समस्यामा पर्न सक्छन्।

तर यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै छ। शर्मा र खरेल दुबैका लागि पार्टीभित्रको किचलो व्यवस्थापनको सकस पनि उत्तिकै छ। खरेल झापा–१ जाँदा अर्का एमाले नेता रवीन कोइराला भने विस्थापनमा परेका छन् । संघको तयारी गरेका उनी प्रदेश सभाको उम्मेदवार बन्न बाध्य भएका छन् । यो क्षेत्र वामपन्थीहरूको उद्गमस्थल हो। जसको पुष्टि २०७४ को निर्वाचनमा कार्कीको विजयले पनि गर्छ।

आफ्नो राजनीतिक जीवनमा कुनै पनि समय यो क्षेत्रमा योगदानै नगरेका कार्कीले सोही ठाउँका र राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेका शर्मालाई करिब ३ हजारको मतान्तरले पराजय गरिदिए। यद्यपि ०७४ को दलहरूको समीकरण परिवर्तन भए पनि वैशाखको निर्वाचनमा सानो शक्तिको रुपमा खुम्चिएको माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको मतले गठबन्धनको जो सुकै उम्मेदबार भएपनि जित निकाल्न कठिन छ।

Advertisement

कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला पनि झापा हो। सिटौला र शर्माबीचको सम्बन्ध सुमधुर देखिँदैन। खुला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरूले अगाडि सारेका छन्।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top