NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?

आइतवार कार्तिक ६ , २०७९
Reading Time: 1 min read
A A
तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ कात्तिक , काठमाण्डौ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा तीव्र प्रतिस्पर्धा अनि चुनावी अंकगणित र परिणामलाई लिएर सर्वाधिक चासोका क्षेत्र मध्येको एक हो झापा क्षेत्र नम्बर १ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको यस निर्वाचन क्षेत्र नं १ मा एक लाख बीस हजार ३ सय ७५ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एमालेका चर्चित नेता अग्नि खेलसँग तीव्र प्रतिस्पर्धा हुने आकलन गरिउको छ । यहाँ शर्मा वामपन्थीको गढलाई भत्काउने तयारीमा छन् भने खरेल वामपन्थीको गढलाई बचाउदै शर्मालाई रोक्ने तयारीमा छन् ।

शर्मा तेस्रोपटक संघीय संसदमा प्रतिनिधित्वका लागि झापा–१ बाट यसपटक पनि निर्वाचन लड्दैछन्। यसअघि उनलाई संसद्मा प्रतिनिधित्व गरेको अनुभव रहेको छैन् । पार्टी जीवनमा निरन्तर सफलता हात पारेपनि शर्माका लागि संसदीय चुनाव भने अफापसिद्ध बन्दै आएको छ। २०७० र २०७४ को चुनावमा झापा–१ मा पराजित बनेका शर्मा तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन्।

LS Auto

अग्नि खरेल पहिलोपटक प्रत्यक्षतर्फ निर्वाचन लड्न लागेका व्यक्ति हुन्। विगतमा कानून मन्त्री र महान्यायाधीवक्ता भैसकेका खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता कारण पार्टीभित्र बलिया मानिन्छन्। दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेका खरेल पहिलोपटक जनअनुमोदिन हुन निर्वाचन लड्न लागेका हुन्।

पहिलो संविधान सभामा खरेल राष्ट्रपतिबाट मनोनीत भएका थिए भने दोस्रोमा समानुपातिकमार्फत् संविधानसभा प्रवेश गरेका थिए। २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवार नै विजेता बन्दै आएका छन्।

२०७४ मा पनि एमाले र माओवादी गठबन्धनबाट माओवादीका राम कार्की यो क्षेत्रमा विजेता बनेका थिए।झापा–१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूले ३१ हजार २ सय ३२ मत छ भने कांग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन्। झापा–१ मा एमाले–राप्रपा गठबन्धनसँग ३७ हजार १ सय ५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४ सय ७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ।

प्रदेश सभाको क्षेत्र ‘२’ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्। कांग्रेस सहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले यसपटक चुनाव जित्ने लक्ष्य लिएका छन्।

शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ। एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने दाबीसाथ प्रचार गरिरहेका छन्। आउँदो चुनावमा स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा–१ मा तेस्रोपटक चुनावी परीक्षामा होमिएका शर्मा फेरि समस्यामा पर्न सक्छन्।

तर यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै छ। शर्मा र खरेल दुबैका लागि पार्टीभित्रको किचलो व्यवस्थापनको सकस पनि उत्तिकै छ। खरेल झापा–१ जाँदा अर्का एमाले नेता रवीन कोइराला भने विस्थापनमा परेका छन् । संघको तयारी गरेका उनी प्रदेश सभाको उम्मेदवार बन्न बाध्य भएका छन् । यो क्षेत्र वामपन्थीहरूको उद्गमस्थल हो। जसको पुष्टि २०७४ को निर्वाचनमा कार्कीको विजयले पनि गर्छ।

आफ्नो राजनीतिक जीवनमा कुनै पनि समय यो क्षेत्रमा योगदानै नगरेका कार्कीले सोही ठाउँका र राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेका शर्मालाई करिब ३ हजारको मतान्तरले पराजय गरिदिए। यद्यपि ०७४ को दलहरूको समीकरण परिवर्तन भए पनि वैशाखको निर्वाचनमा सानो शक्तिको रुपमा खुम्चिएको माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको मतले गठबन्धनको जो सुकै उम्मेदबार भएपनि जित निकाल्न कठिन छ।

कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला पनि झापा हो। सिटौला र शर्माबीचको सम्बन्ध सुमधुर देखिँदैन। खुला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरूले अगाडि सारेका छन्।

Tags: #तेस्रो प्रयासमा संसद छिर्लान विश्वप्रकाश ?#विश्वप्रकाश शर्मा

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.