शेयर बजार : एक अर्ब बढीको कारोबार

८ भदौ ७५, शनिबार

काठमाडौँ, भदौ ९
धितोपत्र बजारमा यस साता रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो ।

Advertisement

गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन एक हजार १७८ दशमलव ५० अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अङ्कले घटेर २४८ दशमलव ९९ अङ्कमा आइपुगेको छ । यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

Advertisement

यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १३ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

बाह्र वित्तीय संस्थाको शेयर सूचीकृत

Advertisement

भार्गव विकास बैंकको २१ लाख १२ हजार कित्ता हकप्रद, हाम्रो विकास बैंकको तीन लाख ३४ हजार ८८८ कित्ता बोनस, सिद्धार्थ बैंक लिमिटेडको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख ३८ हजार बोनस, हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार कित्ता हकप्रद, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७६ हजार कित्ता बोनस, एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्काशन, नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता प्राथमिक शेयर, मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर सूचीकृत भए ।

त्यस्तै लुम्बिनी विकास बैंकको एक लाख ६४ हजार ६४४ कित्ता हकप्रद र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top