१४ कात्तिक, एजेन्सी ।
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासिया लुला दा सिल्भा तेस्रोपटक चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले मुलुकमा भएको राष्ट्रपति निर्वाचनमा ५०.८३ प्रतिशत मत पाएका हुन् ।
बोल्सोनारोले ४९.१७ प्रतिशत मत पाएका छन् । लुला डा सिल्भाले जनवरी २०२३ मा राष्ट्रपति पदको शपथ लिनेछन् । जितसँगै लुलाले विभाजित देशलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दिग्गज वामपन्थी लुला तीन वर्ष पहिलासम्म भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका थिए ।
आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए । उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । राष्ट्रपतिमा निर्वाचत भएसंगै सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ’शान्ति र एकता’को लागि आह्वान गरेका छन् ।
देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे । ’स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन’ भाषणका क्रममा उनले भने । आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए ।
लुलालाई अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले पनि बधाई दिएका छन् । बोल्सोनारो भने सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।