×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

युक्रेनी राजधानी किभमा ४० मिसाइल खसेपछि न पानी, न बिजुली

१५ कार्तिक २०७९

१५ कात्तिक, एजेन्सी ।

रुसले युक्रेनका महत्त्वपूर्ण ऊर्जा संरचनाहरूमा लगातार प्रहार गरेपछि राजधानी किभमा बस्ने ८० प्रतिशत मानिसहरूलाई पानीको अभाव हुन थालेको छ । किभका मेयर भिताली क्लित्श्च्कोका अनुसार, शहरका केही भागमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ ।

Advertisement
Advertisement

सामाजिक सञ्जालमा आएका भिडियो र तस्वीर हेर्दा स्थानीय बासिन्दाहरू पानीका लागि लामो लाइनमा उभिइरहेको देखिन्छ । रुसको क्रिमियामा रहेको नौसैनिक शिविरमा युक्रेनले गरेको डरलाग्दो ड्रोन आक्रमणपछि भ्लादिमिर पुटिनको सेनाले पनि कडा प्रहार गरेको छ ।

रुसले युक्रेनको राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभ लगायतका धेरै सहरहरूमा ४० वटा मिसाइल प्रहार गरेर पूर्वाधारको पूर्ण लक्ष्यको सुरुवात गरेको छ। यस आक्रमणपछि सोमबार युक्रेनका धेरै क्षेत्र अन्धकारमा डुबेको र खानेपानी आपूर्ति बन्द भएको थियो ।

राजधानीमा कम्तीमा ५ विष्फोट भएको किभका स्थानीयले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसले युक्रेनको खार्किभ, जापोरिज्ज्या र चेर्कासी क्षेत्रमा धेरै मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणका कारण खार्किभमा भूमिगत प्रणालीले काम गर्न छाडेको छ ।

यसै क्रममा अन्य दुई सहरमा विद्युत् कटौती भएको थियो जसका कारण अन्धकार छाएको थियो । युक्रेनी मिडियाले दावी गरेका छन् कि रसियाले नागरिक पूर्वाधारलाई निशाना बनाएको छ, मानिसहरू चाँडै सुरु हुन लागेको जाडोमा घरहरूमा काँपिरहेका छन्। उनीहरुले रुसले युक्रेनका जनताको युद्ध लड्ने इच्छा तोड्न चाहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय कानून अनुसार नागरिक लक्ष्यमा यस्तो आक्रमण गर्नु युद्ध अपराध हो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले सोमबार बिहान रुसबाट ४० वटा मिसाइल प्रहार गरिएको बताएका छन् । युक्रेनी सेनाले रुसको ब्ल्याक सी नेभल फ्लीटको मुख्यालयमा समुद्री ड्रोनबाट कडा हमला गरिरहेका बेला रुसले यो हमला गरेको हो । यो हमलापछि रुसले युक्रेनी बन्दरगाहबाट अन्न ढुवानीमा सहयोगको सन्धि तोडेको छ ।

Advertisement

रुसले अब यस्ता कार्गो जहाजलाई सुरक्षा ग्यारेन्टी नदिने बताएको छ ।यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसको मिसाइल वर्षाले देशको महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाएको बताएका छन् । उनले रणभूमिमा लड्नुको सट्टा रुसले नागरिकसँग लडिरहेको बताएका छन् । रुस र युक्रेन दुवैले हार मानेका छैनन् । दुवैतर्फबाट आक्रमण जारी रहदा यसको पीडा भने युक्रेनी नागरिकसँगै विश्वले नै भोगिरहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top