Nepal Times
Nepal Times
3
Shares

द भ्वाइसमा नकआउट विजेता बनिन् परिजिता

द भ्वाइसमा नकआउट विजेता बनिन् परिजिता

१५ कात्तिक, एजेन्सी ।
रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ ।

एक पछि अर्काे उत्कृष्ट प्रस्तुती दिदै आएकी उनको आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा जजलाई मख्ख पारेकी रोकिने छाँट छैन । नेपाली समयानुसार आज (मंगलबार)देखि सुरु भएको नकआउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी छन् ।कोच जोन लिजेन्डको तर्फबाट मंगलबार बिहान भएको नकआउट प्रतिस्पर्धामा परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच प्रतिस्पर्धा भएको थियो ।

तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।परिजिताले नकआउटको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत ‘आई वुड ¥यादर गो ब्लाइन्ड’लाई आकर्षक शैलीमा गाएर कोचलाई पुनः मख्ख पारेकी थिइन् ।त्यति मात्र हैन, परिजिताले नकआउट प्रिमियरलाई आफूतिर आकर्षित पारिन् ।

नेपाली परम्परागत कुर्था पहिरन लगाएर मञ्चमा उक्लिएकी परिजिताले उक्त गीत छनोट गरेर रिहर्सलमा कोच लिजेन्डलाई प्रभावित तुल्याएकी थिइन् । परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा गरेका छन् । लिजेन्डले लेखेका छन्, ‘१७ वर्ष, के तपाईंहरु सबैले यो गीत सुन्नुभएको थियो ? वास्तवमै अविश्वसनीय परिजिता,’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.