विराटनगर, भदौ १०
संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मोरङको अध्यक्षमा मनोज खनाल निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको चौथो जिल्ला अधिवेशनबाट खनाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा दिपक भट्टराई, प्रेमदेव शास्त्री, नरेश सिंह, सचिवमा चिराग ढुङ्गा, सहसचिवमा गौतम श्रेष्ठ, सन्दिप सिंह, कोषाध्यक्षमा मिना तिम्सिना रहेका छन् । समितिको अन्य सदस्यमा देवीरमण घिमिरे, मुकेश झा, मायाँ पोखरेल, प्रतिमा कुँवर, मन्जु मण्डल छन् । यस्तै इस्टुको सल्लाहकारमा धनिकलाल मण्डल, तिर्थराज गुरागाई, कुलराज पौडेल रहेका छन् ।
नयाँ कार्यसमितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको हक, अधिकार , वृत्तिविकासको पक्षमा आवाज उठाउने जनाएको छ । नयाँ कार्यसमितले शनिबारै पत्रकार सम्मेलन गरी संस्थागत विद्यालयहरुमा शिक्षकहरुमाथि भएको शोषण डरलाग्दो भएको बताएको छ ।
२० औ बर्षदेखि कार्यरत शिक्षकले उचित पारीश्रमीक नपाएको, नियुीक्त पत्र नपाएको ,महिला शिक्षकहरु त अझै पीडित हुने गरेको कार्यक्रममा संस्थागत विद्यालयका मोरङ इन्चार्ज रोहिणी दवाडीले जानकारी दिए । अभिभावकहरुले पनि लगानी गरे अनुसारको शिक्षा संस्थागत विद्यालयले प्रदान गर्न नसकेको आरोप उनको रहेको छ ।