फोहारमैला व्यवस्थापनमा धनकुटासँग सिक्दै इनरुवा

१० भदौ ७५, आइतबार
Share this
753shares

फोहारमैला व्यवस्थापनमा लागि परेको इनरुवा नगरपालिकाले धनकुटेली शैली अपनाउने निर्णय गरेको छ । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

Advertisement

मुलुककै सफा सहरमध्ये धनकुटाको फोहार ब्यबस्थापन समेत अब्बल ठहरिएकोले धनकुटेली शैली अपनाउँदै नगरस्तरीय ठोस योजना गरी अघि बढ्ने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

धनकुटाको सल्लेरी वनमा रहेको डम्पिङ साइट मुलुककै नमुना फोहोर ब्यबस्थापन केन्द्र बनेसँगै सोको सिको गर्न पुगेको कार्यपालिका सदस्य सहित इनरुवा नगरपालिकाको टोलीले स्थानिय तहमा डम्पिङ साइट निर्माणको कार्य अघि बढाउने तर्फ पहलकदमी अघि बढाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top