एक वर्षमा १५ किसिमका कृषि औजार नेपालमै बन्ने

१९ कात्तिक ७९, आइतबार

२० कात्तिक,काठमाण्डौ ।

Advertisement

कृषि उत्पादनसँगै कृषि क्षेत्रका आधुनिक तथा परम्परागत कृषि औजारका लागि समेत परनिर्भर रहेको नेपाल कृषि औजारमा क्रान्ति ल्याउने तयारीमा जुटेको छ । यसको सानो सुरुवात भने महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको छ ।

दुई दशकअघिबाट बन्द रहेको वीरगन्जस्थित औजार कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन कार्य अहिले धमाधम भईरहेको छ। सो कारखानाबाट एक वर्षभित्र १५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्यसहित मर्मतसम्भार कार्य सुरु गरिएको छ ।

Advertisement

गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलबारदेखि कारखानाको सरसफाइ र मर्मतसम्भार गर्न थालेको छ ।

वि.सं. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए ।

Advertisement

उनले सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताएका छन् । कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डेटा संकलन गरेको उनको भनाइ छ । बिजुलीका वायरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको उनले बताए ।

अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र =महावीर पुन

पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताए । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य आविष्कार केन्द्रले राखेको उनले बताए ।

आविष्कार केन्द्रले २÷३ वर्षभित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनको भनाइ छ । आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने गरी अर्थमन्त्रालयसँग समझौता भएको छ । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि सहमति भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top