श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

२० कात्तिक,एजन्सी ।
श्रीलंकाका क्रिकेटर दानुष्का गुनाथिला बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका हुन् । ३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आरोपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेको त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियामा रहेका गुनाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । गुनाथिलकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको टिम बसेको होटलबाट पक्राउ गरिएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।

यस्तै क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले पनि सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

श्रीलंकाको टोली विश्वकप खेलेर अहिले घर फर्किसकेको छ । तर, दानुष्कालाई भने बलात्कारको आरोपमा पक्राउ गरिएको हो । उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

सिड्नी प्रहरीले पनि बलात्कार आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन । पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छन्, न्यू साउथ वेल्स प्रहरीले भनेको छ। उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

१२ बाट बाहिरिएको श्रीलंकाको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ। नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० खेलेका छन्।

धनुष्काले अहिलेसम्म ८ टेष्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्। यस्तै ४७ ओडीआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्धशतक पनि प्रहार गरेको थियो।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top