चीनले अन्तरिक्षमा बाँदर पठाउने

२१ कात्तिक, एजेन्सी ।
अन्तरिक्ष अनुशन्धानमा एकपछि अर्काे उयपलब्धि हासिल गर्दै आएको चीनले अब अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने भएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरू कसरी प्रजनन् गर्छन् र हुर्कन्छन् भन्ने अध्ययन गर्न चीनले तियाङगङ अन्तरिक्षमा बाँदर पठाउन लागेको हो ।

Advertisement

वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।

माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि ’अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन् वा प्रजनन् गर्छन् भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए । उनी विश्वास गर्छन् कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।

Advertisement

तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याएका छन् । अन्तरिक्षमा सबैभन्दा शक्तिशाली बन्ने दौडमा चीन रहेको छ । यसका लागि गत वर्ष चीनले तियानगङ् वा ’स्वर्गको दरबार’ नाम दिइएको अन्तरिक्ष स्टेसनको पहिलो खण्ड अन्तरिक्षमा पठाएको थियो ।

यो आउँदा दशकमा अन्तरिक्षमा शक्तिशाली बन्ने चीनको योजना अन्तर्गतको पछिल्लो कदम हो । तियानगङ्मा आफ्नै ऊर्जाको स्रोत, सञ्चालन प्रणाली, यात्रीलाई जीवित राख्ने प्रणाली र आवासीय खण्डहरू रहेका छन् ।

Advertisement

रुस र अमेरिकापछि चीन अन्तरिक्षमा स्टेसन र अन्तरिक्षयात्री राख्ने तेस्रो देश हो । सन् २०३१ पछि निष्क्रिय बनाइने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, आईएसएसलाई तियानगङ्ले प्रतिस्थापन गर्ने चीनको अपेक्षा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top