Nepal Times
Nepal Times
3
Shares

विराट मेडिकल सेन्टरको सेवा अब धरानमा पनि,मेयर हर्क हर्षित

विराट मेडिकल सेन्टरको सेवा अब धरानमा पनि,मेयर हर्क हर्षित

२४ कात्तिक, विराटनगर ।
लामो समयदेखि प्रदेश १ को राजधानी विराटनगरमा रहेर सर्वसाधारणलाई स्वास्थ्य उपचारको सेवा दिदै आएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवम विराट नर्सिङ होम प्रा.लि.ले सुनसरीको सुन्दर नगरी धरानबाट पनि स्वास्थ्य सेवा दिने भएको छ ।

विराटले स्वास्थ्य उपचार सेवालाई अझ बृहत रुपमा फैलाउँदै सबैलाई सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले धरान ८ भोटेपुलमा स्वास्थ्य शाखाको रुपमा आजदेखि पोलिक्लिनिक विराट मेडिकल सेन्टर संचालनमा ल्याएको छ ।

धरानस्थित विराटको मेडिकल सेन्टरले सम्पूर्ण स्वास्थ्य उपचार सेवा, ल्याव सेवा, रेडियो इमेजिङ सेवा तथा औषधि उपलब्ध गराउने सेन्टरले जनाएको छ । विराटनगरमा विराटका दुई अस्पतालमा पाइने जुनसुकै सेवा धरानस्थित मेडिकल सेन्टरबाट सर्वसुलभ रुपमा पाइने विराटले जनाएको छ ।

धरान स्थित मेडिकल सेन्टरबाट मोरङ, सुनसरीसँगै प्रदेश १ का पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणका लागि स्वास्थ्य सेवा प्रवाहमा ठूलो टेवा पुग्ने मेडिकल सेन्टरले विश्वास लिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवम विराट नर्सिङ होम प्रा.लि.का संचालक डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

विराटको सेवा धरानमा पाइने भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले खुशी ब्यक्त गरेका छन् । मेडिकल सेन्टरको समुद्धघाटन गर्न पुगेका मेयर राईले विराटनको सेवा अब धरानमा पाइने भएपछि आफू अत्यन्तै खुशी भएको र यसले धराने जनताको सर्वसुलभ स्वास्थ्य सेवा गर्नेमा आफू ढुक्क भएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.