घरमै स्वास्थ्य जाँच गरिदिएपछि ज्येष्ठ नागरिक दंग

२३ कात्तिक ७९, बिहीबार

२५ कात्तिक, विराटनगर ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ को कार्यालयले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका छन् । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए ।

यसरी घरमै आएर स्वास्थ्य जाँचेर औषधि दिएकोमा अत्यन्तै खुसी लागेको उनले बताएका छन् । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाको कार्यप्रति निकै खुसी देखिएकी छिन् । उनले ज्येष्ठ नागरिकलाई माया गर्नेको सधैं उन्नति हुने बताइन ।

“अहिले धेरै ज्येष्ठ नागरिकहरु परिवारबाटै अपहेलित भएर बस्नुपरेको छ,” उनले भनिन्, “वडा कार्यालयले घरमै आएर स्वास्थ्य जाँच गर्दा साह्रै खुसी लागेको छ ।” आफूले जनतामाझ जनाएको प्रतिवद्धता र हाम्रा प्रेरणाका स्रोत ज्येष्ठ नागरिकको यसरी घरमै गएर स्वास्थ्य जाँच गराउन पाउँदा आफूलाई पनि जनप्रतिनिधिका रुपमा सन्तुष्टि मिलेको वडानम्बर ८ का वडाध्यक्ष राम पोखरेलले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top