एजेन्सी, भदौ १०
इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लाजियोलाई २–० ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा १–१ गोल सम्भव भएको थियो ।
खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेम प्यानिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल फरवार्ड मारियो मान्जुकीचले ७५ औं मिनेटमा गरे । पछिल्ला केहि सिजनदेखि लिग उपाधिमा कब्जा जमाउँदै आइरहेको युभेन्ट्स यसपटक झनै बलियो रुपमा प्रस्तुत भएको छ । टोलीका लागि घरेलु मैदानमा पहिलो औपचारिक खेल खेलिरहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।
लिगमा दुई खेल जित्दै राम्रो सुरुआत गरेको युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई १ सय मिलियन युरो खर्चेर क्लबमा ल्याएको छ । घरेलु प्रतियोगितामा लगातार दबाब बनाइरहेको युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेको छ । लिग फुटबलमा पनि एकाग्र प्रदर्शन गर्न खेलाडीलाई दबा रहनेछ ।