×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

पीएसजीको जितमा एमबाप्पे, नेयमार र काभानीको गोल

१० भाद्र २०७५

एजेन्सी, भदौ १०
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । पीएसजीले घरेलु मैदानमा एन्जर्समाथि ३–१ को सहज जित निकालेको हो ।

पीएसजीको जितमा स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार जुनियर र एडिन्सन काभानीले गोल गरे । विपक्षी टोली एन्जर्सका माङ्गानीले एक गोल गरे । पीएसजीले १२ औं मिनेटमा काभानीको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर २१औं मिनेटमा एन्जर्सले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । यसै ट्रान्सफर विन्डोमा क्लब भित्रिएका डिफेन्डर थियो केररले थोमस माङ्गानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा आफैं चुकेनन् ।

Advertisement
Advertisement

पहिलो हाफ बराबरीमा सकिएपछि पीएसजी दोस्रो हाफमा थप आक्रामक देखिएको थियो । ५२औं मिनेटमा केलियन एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेपछि पीएसजी खेलमा २–१ ले अघि बढ्यो । ६६औं मिनेटमा नेयमार एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी ३–१ ले विजयी हुन सफल भयो ।

Advertisement
Advertisement

लगातार तेस्रो जितसँगै साविकको विजेता पिएसजी ९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहेको छ । गत सिजन लिग जितेको पिएसजीलाई यस सिजन मोनाको र लियोनले उपाधिका लागि चुनौती दिने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top