महेन्द्र मोरङमा अब BSW पनि सेमेस्टर प्रणालीमा

१ मंसिर ७९, शुक्रबार

२ मंसिर , विराटनगर ।
त्रिभुवन विश्वविद्यालय मातहत मानविकी संकाय अन्तर्गत पर्ने  (Bachelor in  social work BSW)  पनि अब सेमेस्टर प्रणालीमा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर रहेका क्याम्पसहरु मध्ये पाँच वटा क्याम्पसमा यो विषयको अध्ययन अध्यापन हुने त्रिविले जानकारी दिएको छ ।

Advertisement

यसरी छनौटमा परेका क्याम्पसमा एक विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पनि परेको हो । महेन्द्र मोरङ क्याम्पसमा BSW अर्थात सामाजिक कार्यको अध्यापन २०७५ देखिनै सुरु भएको थियो । गत ४ वर्ष देखि बार्षिक पाठ्यक्रममा आधारित रही अध्यापन हुँदै आएकोमा अब भने सेमेष्टर प्रणालीमा आधारित कक्षा संचालन हुने भएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार स्नातक तह सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीयको Bachelor Degree in Social Work -BSW–2022_ कार्यक्रममा ५० सिटको लागि भर्ना खुलाइएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मानविकी संकाय प्रशासनले जानकारी दिएको छ ।

Advertisement

सो कार्यक्रममा भर्ना हुनका निम्ति विद्यार्थीहरुले कक्षा ११ र १२ को प्रत्येक विषयमा कम्तिमा ग्रेड ‘डी’ ग्रेड (१.८ जीपीए) तथा २०७९ सालभन्दा पहिले १२ पास गर्नेका लागि ‘डीं’ ग्रेड (२.० जीपीए) अंक प्राप्त वा प्रविणता प्रमाणपत्र तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेका वा कक्षा १२ उत्तीर्ण गरेको हुनु पर्नेछ ।

इच्छुक विद्यार्थीहरूले अनलाइन प्रवेश परीक्षाका लागि आवेदन फारम भर्न सक्ने जारी सूचनामा उल्लेख गरिएको छ । मंसिर १५ गतेसम्म फारम भर्ने मिति तय गरिएकोमा प्रवेश परीक्षा भने मंसिर १९ गतेका लागि तोकिएको क्याम्पस प्रशासनले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top