विश्वकपमा पोर्चुगल र स्पेन अरु भन्दा कम छैनन्

२ मंसिर, एजेन्सी ।
नियमित कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । पोर्चुगलले नाइजेरियामाथि ४–० को फराकिलो जित निकालेको हो । लिस्वनमा बिहीबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाआओ मारियोले समान एक गोल गरे ।

खेलको नवौं मिनेटमा ब्रुनोको गोलबाट पोर्चुगलले अग्रता लियो । उनले डिएगो डालोटको पासमा गोल गर्न सफल भए । ३५औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ८२औं मिनेटमा परिवर्तित गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई सहज जितर्फ अघि बढाए ।

६६औं मिनेटमा आन्द्रे सिल्भाको स्थानमा मैदान छिरेका रामोसले राफयल गुरेइरोको पासमा गोल गर्न सफल भएका थिए । त्यसको २ मिनेटपछि अर्का परिवर्तित खेलाडी जोआओ मारियोले गोल गर्दै पोर्चुगललाई ४–० को शानदार जित दिलाए । दोस्रो हाफको शुरुमै बर्नाडो सिल्भाको स्थानमा मैदान छिरेका मारियोले रामोसको पासमा गोल गर्न सफल भएका थिए ।

Advertisement

अस्वस्थताका कारण रोनाल्डो नाइजेरियाविरुद्धको खेलमा टोलीमा थिएनन् । यस शानदार जितसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले विश्वकपको लागि आफू तयार रहेको संकेत दिएको छ । पोर्चुगलले २४ नोभेम्वरमा घानासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यसपछि २८ नोभेम्वरमा उरुग्वे र २ डिसेम्वरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

नाइजेरिया विश्वकपमा छनोट हुन असफल टोली हो । यस्तै फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई हराएको छ । बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा गाभीले गोल गर्दा स्पेनको अग्रता २–० को बनायो ।

निको विलियम्सले ८४ औं मिनेटमा गोल गरेपछि स्पेनको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा जोर्डनका हाम्जा अल डारडौरले गोल गरेपनि स्पेन ३–१ ले विजयी भयो । विश्वकपमा स्पेन समूह ’ई’ मा रहेको छ । यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ । स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top