Nepal Times
Nepal Times
3
Shares

पोल्याण्डका खेलाडीलाई आकाशमै एफ १६ को स्कटिङ

पोल्याण्डका खेलाडीलाई आकाशमै एफ १६ को स्कटिङ

२ मंसिर, एजेन्सी ।
युक्रेन र रुसबीचको ८ महिना लामो युद्धका बीच छिमेकी राष्ट्र पोल्यान्ड समेत युद्धको चपेटामा परिरहेका बेला आइतबारबाट सुरु हुने विश्वकप फुटबल खेल्न हिडेको पोल्याण्डको टोलीलाई दुई लडाकु विमानबाट सुरक्षा प्रदान गर्दै कतार पठाइएको छ ।

पोल्याण्डको राष्ट्रिय फुटबल टोलीलाई फिफा विश्वकपका लागि कतार जाने बाटोमा एफ १६ लडाकु विमानहरूले सुरक्षा प्रदान गरेका हुन् । युक्रेनको सीमा नजिकै रहेको पोल्याण्डको गाउँमा मंगलबार दुईजनाको मृत्यु हुने गरी मिसाइल हमलापछि पोल्यान्डले आफ्नो सुरक्षा बढाएको छ ।

सन् १९८६ पछि पहिलो पटक पोल्याण्डलाई नकआउट चरणमा पु¥याउन खोजिरहेका पोल्याण्डको टोलीसँग दुईवटा सेनाका विमानहरू सँगै आकाशमा देखिएको भिडियो सार्वजनिक भएको छ । पोल्याण्ड राष्ट्रिय टोलीको आधिकारिक ट्विटर खाताबाट पोस्ट गरिएको भिडियोमा भनिएको , “हामीलाई ँज्ञट विमानहरूद्वारा पोल्याण्डको दक्षिणी सीमामा लगियो ! “धन्यवाद र पाइलटहरूलाई अभिवादन!“ समूह ‘सी’को पहिलो खेलमा पोल्याण्डले मंगलबार मेक्सिकोसँग खेल्नेछ ।

उनीहरुको दोस्रो खेल नोभेम्बर २६ मा साउदी अरेबियासँग हुनेछ भने समूह चरणको अन्तिम खेल अर्जेन्टिनासँग हुनेछ । मंगलबार मारिएका पोल्यान्डका ६० र ६२ वर्षीय पुरुष कृषक थिए । उनीहरु दुवैको पहिलो नाम बोगडन रहेको थियो । एकजना विद्यालयका कर्मचारीका पति थिए भने अर्का भर्खरै पढेका विद्यार्थीका बुबा थिए ।

एकजना अन्न सुकाउने सुविधाको गोदाममा थिए र अर्का ट्याक्टर चालक थिए । ती मध्ये एक युक्रेनी शरणार्थीहरूलाई खाना र कपडा ल्याउन मद्दत गर्दै थिए । पोल्डान्डमा खसेको मिसाइल कसको हो भन्ने पुष्टि अझै सम्म हुन् सकेको छैन् । नेटो र पोल्याण्डका नेताहरूले रुसको आक्रमणबाट बचाउन युक्रेनले क्षेप्यास्त्र प्रहार गरेको हुनसक्ने बताएका छन्।

नेटोका महासचिवले रुसबाट जानाजानी आक्रमणको कुनै संकेत नभएको प्रष्ट पारिसकेका छन् । तर सुरुवातमा युक्रेनले भने रुसले पोल्यान्डमा मिसाइल प्रहार गरेको भन्दै आफूसँग प्रमाण समेत रहेको दावी गरेको थियो । तर पोलिस सरकारले यी घटनापछि मध्यपूर्व जाने बाटोमा पोलिश सीमामा प्रभावशाली रक्षात्मक उपाय अपनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.