उत्तरले कोरियाले हान्यो अमेरिकासम्म पुग्ने मिसाइल

२ मंसिर, एजेन्सी ।
उत्तर कोरियाले शुक्रबार संयुक्त राज्य अमेरिकालाई निशाना बनाउन डिजाइन गरिएको लामो दुरीको क्षेप्यास्त्र प्रहार गरेपछि कोरियालीप्राद्वीपमा युद्धको खतरा उत्पन्न भएको छ । दक्षिण कोरिया र जापानले उत्तरले मिसाइल प्रहार गरेको पुष्टि गरेका छन् ।

Advertisement

उत्तर कोरियाले दक्षिण कोरिया र जापानसँगको आफ्नो गठबन्धनलाई बलियो बनाउने अमेरिकी प्रयासको विरोधमा पुनः परीक्षण गतिविधि सुरु गरेपछि यो लगातारको दोस्रो प्रक्षेपण हो। दक्षिण कोरियाको ’जोइन्ट चिफ अफ स्टाफ’ले एक विज्ञप्तिमा उत्तर कोरियाको पूर्वी तटमा शुक्रबार बिहान ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पत्ता लागेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ कि यो एक इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल क्ष्ऋद्यः हुनसक्ने आशंका गरिएको छ। जापानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट क्ष्ऋद्यः वर्गको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ, जुन पूर्वी समुन्द्रतर्फ गएको थियो।

Advertisement

बिहान १०ः१४ मा प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र भित्र खस्न सक्ने बताइएको थियो । यदि पुष्टि भयो भने, यो लगभग दुई हप्तामा उत्तर कोरियाको पहिलो क्ष्ऋद्यः प्रक्षेपण हुनेछ। विज्ञहरूका अनुसार उत्तर कोरियाले नोभेम्बर ३ मा प्रक्षेपण गरेको आईसीबीएमले सोचेअनुरूप उडान गर्न सकेन ।

नोभेम्बर ३ को परीक्षणमा नयाँ प्रकारको क्ष्ऋद्यः समावेश भएको मानिन्छ। उत्तर कोरियासँग अन्य दुई प्रकारका क्ष्ऋद्यः ह्याङसोङ १४ र ह्याङसोङ १५ छन्। २०१७ मा भएको परीक्षणहरूले तिनीहरू अमेरिकी माटोमा पुग्न सक्षम रहेको पुष्टि गरेको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले उत्तर कोरियाको प्रक्षेपणबारे छलफल गर्न आपतकालीन सुरक्षा बैठक बोलाएको छ ।

Advertisement

जापानका रक्षामन्त्री यासुकाजु हामादाले उत्तर कोरियाले यो वर्ष लगातार मिसाइल प्रहार गरिरहेको र यसले कोरियाली प्रायद्वीपमा तनाव बढाएको बताएका छन् । यसअघि, उत्तर कोरियाका विदेशमन्त्री चो सन–हेले बिहीबार यस क्षेत्रका आफ्ना सहयोगीहरू – दक्षिण कोरिया र जापानको सुरक्षामा अमेरिकाको दृढ प्रतिबद्धताको जवाफमा “बलियो“ सैन्य कारबाही सुरु गर्ने धम्की दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top