×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

युक्रेनमा भयानक रुसी आक्रमण, जताततै खण्डहर

२ मंसिर २०७९

२ मंसिर, एजेन्सी ।
रुसले युक्रेनी भौतिक पूर्वाधारलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ ।

१२ जनाभन्दा बढी घाइते भएका जनाइएको छ । युक्रेनी अधिकारीहरूले रुसी फौजले प्रहार गरेका दुईवटा रुसमा निर्मित क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमानबाट आक्रमण गरिएको दाबी गरेका छन् । तीमध्ये केहीलाई खसालेको उनीहरूको दाबी छ ।

Advertisement
Advertisement

स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको युक्रेनको भनाइ छ । युक्रेन युद्ध नवौं महिनामा प्रवेश गर्न लागेका बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण तीव्र पारेको हो ।

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता नियन्त्रणमा लिएका चारवटा क्षेत्र भने रुसले जनमत संग्रह गरी आफूमा गाभिसकेको छ । सेप्टेम्बर २३ देखि पाँच दिन लगाएर जनमत संग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो । जनमत संग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूको दाबी छ ।

उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमत संग्रह अवैधानिक घोषित गरेका थिए । त्यस्तै, नियन्त्रणमा लिएकामध्येको ठूलो सहर खेरसनबाट भने गत साता रुसले सेना फिर्ता गरिसकेको छ । दक्षिणी सहरबाट सेना फिर्ता भएपछि स्थानीयले उत्सव मनाएका थिए ।

खेर्सनमा खटिएका आफ्ना सेनाका लागि आवश्यक सामग्री आपूर्ति गर्न सम्भव नभएको बताउँदै रुसले सेना फिर्ता गरेको हो । उक्त क्षेत्रमा ३० हजार रुसी सेना तैनाथ थिए । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् ।

इस्तानबुलमा टर्कीएसहित रुस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको उनले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top