×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चुनावमा छैन् उत्साह ,मन दुखेपनि मत खसाल्दै आम मतदाता

४ मंसिर २०७९

४ मंसिर , विराटनगर ।
कतै बम विस्फोट, झडप त कतै कर्मचारीहरुकै लापरबाहीका कारण जारी मतदान ठाउँ ठाउँमा स्थगित र अवरुद्ध भएको छ । कतिपय ठाउँमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत प्रहार गरेको छ । तेह्थुममा मतदानको लाइनमा बसेका ८८ वर्षीय एक बृद्धको मृत्यु भएको छ ।

लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको हो । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिएका छन् । के कारणले उनको मृत्यु भएको भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

आज विहान ७ बजेदेखि सुरु भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पटक ७० प्रतिशतभन्दा धेरै मत खस्ने बताइरहँदा यता मतदानस्थलमा भने विगतको जस्तो उत्साह देखिएको छैन । मतदाताहरुको लाइन पातलो देखिएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लामा मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । एकातिर निर्वाचन विथोल्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको चुनौती, अर्कातिर दल तथा उम्मेदवारहरुप्रति बढ्दो असन्तुष्टिका कारण पनि यस पटक आम मतदाताहरुको उत्साह कम देखिएको पर्यवेक्षकहरुले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top