Nepal Times
Nepal Times
12.65k
Shares

एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?

एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?

६ मंसिर, काठमाण्डौ ।
एमालेबाट फुटेर नयाँ दल बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ अहिलेसम्म ८ स्थानमा मात्रै अग्रता कायम राखेको छ । पार्टी अध्यक्ष माधव नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उठेका हुन् । हालसम्मको मतगणनामा उनी ७६५७ मतका साथ अगाडि छन् ।

यहाँ उनलाई एमालेका अजयकुमार गुप्ताले ७०२८ मतका साथ पछ्याइरहेका छन् । यस्तै एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एसका प्रेम आलेले फराकिलो मतले अग्रता कायम गरेका छन् । आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् ।

आले र ओलीबीच २ हजार ८२२ मतान्तर रहेको छ । यस्तै अर्का नेता तथा शहरीविकास मन्त्री मेटमणी चौधरी पनि दाङ १ मा अगाडि छन् । अहिलेसम्म उनले २०३६ मत पाएका छन् । भने एमालेकी शान्ता चौधरीले १३०१ मत पाएकी छिन् । यस्तै धादिङ १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका बाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसार पाण्डे ५३७१ मतका साथ अगाडि छन् ।

यहाँ उनलाई एमालेका भूमिप्रसाद त्रिपााठीले ५११८ मतले पछयाईरहेका छन् । यस्तै अर्का नेता प्रकाश ज्वालाले सल्यान १ मा अग्रता बनाएका छन् । उनले अहिलेसम्म ७१२९ मत पाएका छन् । यहाँ एमालेका राजेन्द्रवीर रायले १७७७ मत पाएका छन् । यस्तै अर्का नेता तथा श्रममन्त्री कृष्णकुमार श्रेष्ठा किसानले पनि बारा ४ मा अग्रता कायमै राखेका छन् ।

अहिले सम्म उनले २३०५ मत पाउँदा एमालेका एकबाल मियाँ १९३७ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै अछाम १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका शेरबहादुर कुँबर १९३१ म्तका साथ अगाडि छन् । यहाँ एमालेका झपट बहादुर बोहराले १४५० मत ल्याएका छन् ।

एमालेले भीम रावललाई पाखा लगाउँदै पूर्व माओवादी झपट बोहोरालाई टिकट दिंदा चुनावी माहोल कुँवरअनुकूल भएको छ । संसदीय राजनीतिका पुराना खेलाडी कुँवरलाई बोहोरासँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको साथ छ ।

२०७४ को निर्वाचनमा भने बोहोरा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादीबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । एकीकृत समाजवादीका अन्य नेताहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, जगन्नाथ खतिवडा, झलनाथ खनाल, रामकुमारी झाँक्री लगायत भने मत गणनामा पछि परेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.