Nepal Times
Nepal Times
3
Shares

पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा

पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा

६ मंसिर, काठमाण्डौ ।

स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो । एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो ।

एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको छ । एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि सोही माग राखेका छन् । मतदानको दिन चापाकोट र गल्याङको बुथमा एकएक राउन्ड हवाई फायर पनि भएको थियो ।

उनीहरु निर्वाचन आयोगमा पुन मतदान गर्नुपर्ने माग राख्दै निवेदन नै दिएका छन् । जिल्ला प्रमुख गंगाबहादुर क्षेत्रीका अनुसार एमालेले पुन मतदान गर्नुपर्ने माग राख्दै दिएको निवेदन आयोगमा गएको छ । उक्त पार्टीले निर्वाचन कार्यालय वालिङमा प्रर्दशन गरेको छ । यता कांग्रेसले पनि मतगणना छिटो गर्नुपर्ने माग राख्दै धर्ना दिएको छ ।

यसक्षेत्रबाट एमालेकी पदमा अर्यालमा चुनावमा होमिँदा कांग्रेसबाट धनराज गुरुङ छन् । विवाद भएपछि यहाँ सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । पूर्वमन्त्रीसमेत रहेकी अर्याल यसअघि वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी थिइन् ।

उनले कांग्रेसका पूर्वउपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरी जित हासिल गरेकी थिइन् भने यस पटकको निर्वाचनमा कांग्रेसका उपसभापति धनराज गुरुङ र अर्यालबीच प्रमुख प्रतिस्पर्धा भएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.