विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

१० भदौ ७५, आइतबार
Share this
680shares

नुवाकोट, भदौ १०
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

Advertisement

जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।

गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।

Advertisement

विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरे ।

रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top