×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन , संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला

१० भाद्र २०७५

किशोर विश्वकर्मा
विराटनगर, भदौ १०
प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार गरेका छन् । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले जनै पुर्णीमा तथा रक्षा बन्धनका दिन आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा कार्यन्वयनबारे जानकारी गराएको थियो । तर प्रदेश राजधानी रहेको जिल्ला मोरङमै भने जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालय खुलेका छन् ।

Advertisement
Advertisement

घोषणा गरेको विदा कार्यन्वयन हुन नसकेपछि प्रदेश सरकारको कार्यक्षमता र कार्य क्षेत्रबारे सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन् । उनीहरुले निर्णय कार्यान्वयन गर्न नसक्नुलाई सरकारको असक्षमता भन्दै टिप्पणी गरेका छन । विराटनगरका व्यवसायी चेतन निरौलाले प्रदेश सरकारको निर्णय जिल्ला प्रशासन कार्यालयहरुले नमान्नु सरकारको असक्षमता भएको टिप्पणी गरे ।

यसअघि पनि साउन २४ गते प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवस तथा भदौ ६ गते मुस्लिम समुदायको पर्व बकरइदका अवसरमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको थियो । तर प्रदेश अन्र्तगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए ।

Advertisement
Advertisement

यता मोरङका सहायक प्रमुख जिल्ला उमेश पाण्डेले जिल्ला प्रशासन कार्यालयहरु प्रदेश सरकार मातहत नभई संघीय सरकार मातहत भएकाले संघीय सरकारको मातहतको कार्यालयहरु सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम कार्यालयहरु खोलिएको जानकारी दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top