Nepal Times
Nepal Times
801
Shares

आज बाट बिदा भए म्यादी प्रहरीहरु

आज बाट बिदा भए म्यादी प्रहरीहरु

८ मंसिर, काठमाडौं ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी ९अस्थायी०को बिहीबार बिदाइ गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.