Nepal Times
Nepal Times
549
Shares

समानुपातिकमा माओवादीले कटायो १० लाख मत

समानुपातिकमा माओवादीले कटायो १० लाख मत

११ मंसिर, काठमाडौं ।

समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ ।आइतबार अपरान्ह ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ र नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ८ हजार ७२०, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ९० हजार ९९९ पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ र छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएके छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार २९५ र जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.