Nepal Times
Nepal Times
3
Shares

मोरक्कोसँग बेल्जियम हारेपछि ब्रसेल्समा दंगा

मोरक्कोसँग बेल्जियम हारेपछि ब्रसेल्समा दंगा

१२  मंसिर, एजेन्सी ।

कतारमा जारी फिफा विश्वकप फुटबल खेलमा मोरक्कोले बेल्जियमलाई हराएपछि बेल्जियमको राजधानी ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएको हो ।

प्रहरीले दंगामा सहभागी एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू  प्रहरीसँग झडपमा उत्रिएका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो ।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए । आतिशबाजीबाट केही ब्यक्ति घाईते भएका छन् । जहाँ एक पत्रकारको अनुहारमा चोट लागेको  अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

बेल्जियमका सहर एन्टवर्प र लीजमा पनि अशान्ति भएको  एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ। ब्रसेल्स शहरका समाजवादी मेयरले  हिंसाको निन्दा गर्दै फुटबल समर्थकहरूलाई शहरको केन्द्रमा नआउन सल्लाह दिएका छन् । ब्रसेल्स प्रहरीले मानिसहरूलाई बुलेभार्ड डु मिडी र छेउछाउका सडकहरूमा यात्रा नगर्न सल्लाह दिएको छ।

बेल्जियममा मोरक्कन  आप्रवासीहरुको संख्या करिब आधा मिलियन रहेको अनुमान छ ।  कतारको अल थुमामा स्टेडियममा आइतबार भएको  समूह ‘एफ’ को खेलमा मोरक्कोले बेल्जियममाथि २–० गोल अन्तरको जित निकालेको थियो । मोरक्कोलाई महत्वपूर्ण दिलाउन अब्देलहमिद सबिरी र जकारिया अबोखलालले एक एक गोल गरेका थिए ।

प्रतिस्र्धात्मक बनेको खेलमा मोरक्कोले बलियो बेल्जियममाथि दुबै हाफको खेलमा चुनौति प्रस्तुत गर्न सफल भएको थियो  । जितसँगै दुई खेलमा चार अंक बटुल्न सफल ममेरक्को समूहको शिर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा तिन अंक रहेको बेल्जियम दोश्रो स्थानमा झरेको छ । यो खेलको नतिजाले बेल्जियमको राउण्ड अफ १६ मा पुग्ने इच्छालाई तेश्रो तथा निर्णायक बन्ने खेलसम्म धकेलेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.