×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

चुनावमा हारे पनि लाज नमान्ने थेत्तरा मन्त्रीहरु सरकारी खर्चमा विश्वकप हेर्न जाने

१२ मंसिर २०७९

१२ मंसिर, काठमाण्डौ ।
एक वर्षअघिको मंसिर महिनामा सम्पन्न भएको नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नैतिकताका लागि भन्दै पदबाट राजीनामा दिए । रिजाल पछिल्ला उदाहरण हुन, उनीभन्दा अघि नेपालमा नैतिकताका आधारमा राजीनामा दिने अरु पनि धेरै छन् ।

मिनेन्द्र रिजालले पार्टीको महाधिवेशनमा हार्दासमेत नैतिकता देखाएका थिए । तर अहिले संसदीय चुनावमा हार्दा पनि केही मन्त्रीहरुले भने नैतिकता देखाएर राजीनामा दिने त परै जाओस बरु उल्टै आफ्नो पदको अनैतिक लाभ उठाइरहेका छन् । अहिले सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् ।

Advertisement
Advertisement

गृहमन्त्री बालकृष्ण खाँण,ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित भएका छन । तर आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन ।

उनीहरू जनताद्वारा अस्वीकृत भएका हुन् । जनताले नै अस्वीकार गरिसकेपछि पनि राजीनामा नदिनु चरम पदलोलुपता हो । तर न त प्रधानमन्त्री र न त सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक नै ठानेका देखन्छिन् ।

चुनाव हारेपनि गृहमन्त्री खाँण प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा कायमै छन् । राजनीतिक शक्तिलाई परिवारमा केन्द्रित गरेको भनेर कार्यकर्ताको चर्को असन्तुष्टिबीच गृहमन्त्री खाँण पराजित भएका हुन । उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा खसआर्यतर्फ छैटौं नम्बरमा छिन । उनी सांसद बन्ने पक्कापक्की छ ।

गृहमन्त्रीका भाइ रामकृष्ण रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर छन । यता काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ राजीनामा दिनु त कता हो कता उल्टै नेपाल वायुसेवा निगमकै खर्चमा विश्वकप हेर्न दोहा जाने भएका छन् ।

चुनावमा हार व्यहोरेकाले नैतिकताका आधारमा पद छाड्न दबाब भइरहेका बेला मन्त्री विश्वकप हेर्न विदेश जान लागेका हुन् । निगमको भत्ता सुविधासँगै विजनेश क्लासमार्फत दोहा जान लागेको हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको अनुगमनमा जान भन्दै मन्त्री श्रेष्ठलाई दोहाको टिकट उपलब्ध गराउन पत्राचार गरिएको छ ।

यो भ्रमणमा उनले प्रयोग गरेको हवाई यातायात, खानपिन, बसाईँ लगायतको खर्च निगमको हुनेछ । यो उडानको दुईतर्फी भाडादर एक लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । यस्तै चुनावमा हार ब्योहोरेका अन्य मन्त्रीहरुले पनि नैतिकता के हो भन्ने नै विर्सिएका छन् । त्यसमाथि पूर्णतः कामचलाउ भइसकेको सरकारले नीतिगत निर्णय गर्न पनि मिल्दैन ।

यसैले मन्त्रीहरूविना कामकाज पनि रोकिँदैन । कर्मचारीले समेत यस्ता मन्त्रीहरुको आदेश पालन गर्न आलटाल गर्छन् । तर मन्त्रीहरु सबै लाज पचाएर कुर्सीमै टाँसिरहेका छन् । यद्यपी हार्नासाथ मन्त्रीहरुले राजीनामा दिनुपर्छ भनेर कुनै कानुनमा स्पष्ट लेखिएको छैन ।

Advertisement

तर नैतिक नियम भन्ने कुरा पदमा बसेकाहरुले पालना गर्नै पर्छ । साथै नेपालको संविधान कार्यान्वयनको प्राथमिक चरण भएकाले अहिले नैतिक मूल्यको सम्मान गर्ने परम्परा स्थापित भयो भने त्यसलाई उल्लङ्घन गर्ने आँट पछिकाले पनि गर्नेछैनन् । त्यसका लागि पनि चुनावमा हारेका मन्त्रीहरुले नैतिकता देखाउँन आवस्यक छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top