Nepal Times
Nepal Times
3
Shares

दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुनः मतदान

दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुनः मतदान

१२ मंसिर, काठमाण्डौ ।
दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । यहाँ यसअघि रद्द भएका मतदान केन्द्रहरुमा आउँदो मंसिर १५ गते पुनः निर्वाचन हुने भएको हो । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेकाले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय छ ।

यसअघि पनि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

’वैतेश्वरको वडा नं. ६ (क, ख, ग), ’वैतेश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ । ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूको काममा कैफियत देखिएकाले उनीहरुमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.