एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता

३० असोज ८३, शुक्रबार
Share this
733shares

३० असोज , काठमाण्डौ ।

Advertisement

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता ।

यससँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले पनि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण समक्ष बुझाए राजीनामा ।

Advertisement

राजीनामा दिनेमा श्रममन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधारमन्त्री मोहम्मद समिर, शिक्षामन्त्री मनोजकुमार सिंह र खेलकुदमन्त्री लखन दास तत्मा ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराए।

Advertisement

१५ बुँदे सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको र विकास निर्माणका योजनामा आवश्यक प्राथमिकता नदिएको एमालेको आरोप ।

बजेटमा समावेश भएका महत्वपूर्ण विषयसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सहमति कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी ।

अब प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल हुने देखियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top