×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुकुम्बासीका कारण काठमाडौं तनावग्रस्त / बालेनको ज्यान खतरामा !

१३ मंसिर २०७९

१३ मंसिर, काठमाण्डौ ।
काठमाडौं उपत्यकाका सुकुम्बासीले राज्यको संयन्त्रलाई चुनौती दिदै ज्यान मार्नेसम्मका खुल्ला धम्की र घरेलु हातहतियार प्रर्दशन गर्दै सरकारी निकाय र जनप्रतिनिधि लक्षित प्रर्दशन गरेपछि देशको संघीय राजधानी काठमाडौं तनाव ग्रस्त बनेको छ । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ । आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । “सुकुम्बासीहरूले आफ्नो हिसाबले के गर्छन्, त्यो हाम्रो विषय होइन । तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ भन्दै छलफल भइरहेको उनले बताएका छन् ।

Advertisement
Advertisement

यसअघि सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुखसहित महानगरका ३६ नगर प्रहरी घाइते भएका थिए । घाइतेहरूको उपचार जारी छ । उनीहरू घरेलु हातहतियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्रस्त बनेको थियो ।

गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ । अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले महानगरलाई सो बस्ती हटाउन आग्रह गरेपछि डोजरसहित नगर प्रहरीको टोली उक्त बस्तीमा पुगेको थियो । यता प्रर्दशनकै क्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएका छन् ।

सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए । झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा स्थानीय एकजनाले मेयर शाहको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका हुन् । “‘बालेन साहको ज्यान अब खतरामा हुन्छ । मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले,“ ती व्यक्तिले भनेका छन् ।

सो भिडियोलाई बालेन आफैँले सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठाएका थिए । “देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?,“ बालेनले लेखेका थिए । तर पछिल्लो समय उनले त्यो पोस्ट भने सामाजिक संजालबाट हटाएका छन् ।

सुरक्षाका लागि केन्द्रीय सरकारमाथि गम्भिर प्रश्न उठाएका मेयर बालेनले यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल गरेका छन् । बालेनले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउने विषयको प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।

Advertisement

उनले सोमबार साँझ बालुवाटारमै पुगेर प्रधानमन्त्री देउवासँग सुकुम्बासीको समस्या समाधानका विषयमा छलफल गरेका हुन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन २४ कात्तिकमा सूचना निकालेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top