दोलखामा एमालेका शिवाकोटीको फरकिलो अग्रता कायमै

दोलखामा एमालेका शिवाकोटीको फरकिलो अग्रता कायमै

१८ मंसिर,काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखा प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गरेका छन् ।प्रदेशसभा २ मा भने एमालेका भरत केसी विजयी भएका छन् । केसीले कांग्रेसका बर्मा लामालाई पराजित गरेका हुन् ।

जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.