१८ मंसिर,काठमाण्डौ
रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइतेभएका छन्।आइतबार बिहान पौने १२ बजे खाँडादेवि गाउँपालिका ३ भीरपानी हुन्दुरखोलामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।
पगरवासबाट सिन्धुली जाँदै गरेको ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा दुई जना गम्भीर घाइते र तीन जना सामान्य घाइते छन्।सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ६ भोटेपानी बस्ने वर्ष ४३ को कुमार तामाङ र ७० वर्षीय पदमबहादुर तामाङ गम्भीर घाइते छन्।