×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

उपाधि दाबेदार ब्राजिल आज मैदानमा/नेयमारले खेल्ने संभावना कति ?

१९ मंसिर २०७९

१९ मंसिर,एजेन्सी ।
कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम–१६ का दुई खेलहरू हुँदै छन् । कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । जापान समूह ’ई’ को विजेताको रूपमा र क्रोएसिया समूह ’एफ’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ । विश्वकपमा ब्राजिल समूह ’जी’ को विजेताको रूपमा र दक्षिण कोरिया समूह ’एच’को उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् । कतार विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत आज सोमबार ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

उपाधि दाबेदार ब्राजिलले स्टेडियम ९७४ मा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल आज दक्षिण कोरियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा रहेको छ । दक्षिण कोरियाविरुद्ध ब्राजिलका स्ट्राइकर नेयमार खेल्ने बताईएको छ । दक्षिण कोरिया पनि बलियो टोलीविरुद्ध उत्कृष्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

कतार विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज सोमबार जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अल जानुब स्टेडियममा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साबिक उपविजेता क्रोएसिया जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।

यता, जापान पनि क्रोएसियालाई हराएर क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । जापान पहिलो पटक क्वाटरफाइनलमा पुग्न चाहन्छ । जापान तेस्रो पटक नकआउट चरणमा प्रवेश गरेपनि क्वाटरफाइनलमा पुग्न सकेको छैन । जापान र क्रोएसियाबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा जापान र क्रोएसियाले १÷१ खेल जितेको छ ।

दुई टोलीबीचको एक खेल बराबरीमा सकिएको छ । जापानमा शुइची गोन्डा, ताकेहिरो तोमियास, माया योशिदा, शोगो थानिगुची, युटो नागातोमो, जुन्या इटो, वाटरु इन्डो, हिडेसामा मोरिटा, ताकेफुसा कुबो, दाइची कामदा, ताकुमा असानो रहेका छन् ।

यस्तै क्रोएसियामा डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजेन लोभ्रेन, जोस्को, ब्रोनो सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, आन्द्रेज क्रमारीच,इभान पेरिसिच, मार्को लिभाजा रहेका छन् । यस खेलमा जापानका ताकेफुसा कुबो र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहने छन् ।

यस्तै ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । ब्राजिल र दक्षिण कोरियाबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा ६ खेल ब्राजिलले जितेको छ । दक्षिण कोरियाले एक खेलमा जित निकालेको छ । ब्राजिलको सुरुवाती ११ मा एलिसन, डानिलो, मार्क्विवन्होस, सिल्भा, सान्ड्रो, फ्रेड, कासिमिरो, नेयमार, पाक्वेटा, राफिन्हा, रिचार्लिसन रहेका छन् ।

Advertisement

जहाँ नेइमार देखिने संभावना कम रहेको छ । यता दक्षिण कोरियामा किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ, ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो रहेका छन् । यस खेलमा ब्राजिलका रिचार्लिसन र दक्षिण कोरियाका सन ह्युङ मिनलाई प्लेयर्स टु वाचमा राखिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top