नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने

नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने

१९ मंसिर,काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो ।

उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ(आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् ।नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया–२ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । प्रतिनिधि सभामा समानुपातिक अन्तर्गत थ्रेसहोल्ड कटाउन नसकेपनि नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.