नेप्सेको ओरालो यात्रा,आजै १६.६१ अङ्कको गिरावट

नेप्सेको ओरालो यात्रा,आजै १६.६१ अङ्कको गिरावट

२१ मंसिर,काठमाडौं ।

लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक आज पनि घट्न पुगेको छ । सोमबार २४ अङ्कमाथिले घटेर मंगलबार ४ अङ्कमा रोकिएको नेप्से सूचक आज थप १६.६१ अङ्कले घट्दै १९१७.२८ मा ओर्लिएको छ ।यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ७० करोड भन्दा बढीले वृद्धि हुँदै आज १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको भएको छ ।

अघिल्लो दिन ४ अङ्कले नेप्से घटेको बजारमा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको थियो ।आज होटल तथा पर्यटन समूहको उपसूचक झिनो ९०.०१ प्रतिशतले मात्र बढ्दै अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरूले ६.०९ प्रतिशतले कमाएका छन् भने नेडप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतले गुमाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.