×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

बाबुरामदेखि श्रृंखलासम्मले गरे बालेनको आलोचना

२४ मंसिर २०७९

२४ मंसिर,काठमाण्डौ ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै छ । दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गरेकी छिन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रबिन्दुमा राख्दै कार्य गर्दै आइएको बताएका छन् । मानव अधिकारसँग प्रत्यक्ष जोडिएका उत्पादन, रोजगारी, क्षमता विकास र सेवा प्रवाहसम्बन्धी सबै कार्यक्रमहरू सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको समन्वयमा कार्यान्वयन भइरहेको उनको भनाई छ ।

Advertisement
Advertisement

तर दिवस मनाइरहँदा संघीय राजधानी काठमाडौंमै मानव अधिकार उल्लंघन भइरहेको भन्दै यतिबेला सामाजिक संजालमा आक्रोस पोखिएको छ । खासगरि काठमाडौं महानगरले पछिल्लो पटक शहर ब्यवस्थित गराउँने भन्दै सडकमा तरकारी, फलफूल बेच्नेहरुको ठेला जफथ गर्ने, ठेलामा ब्यापार गरेर परिवारको गुजारा चलाउने न्यून आय भएकामाथि छिनाझप्टी, लौरो बर्साउन थालेको भन्दै विरोध सुरु भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा अनि मानव अधिकार दिवसको पूर्वसन्ध्यामा संघीय राजधानीमै महिला तथा ठेला व्यापारीहरुले बलिन्द्र धारा बगाएका छन्, ठेला नै एकमात्र गरिखाने आधार भएको भन्दै त्यो नखोस्न विलौना र अनुनय गरेका भिडियोहरु भाइरल बनेका छन् ।

यिनै भिडियोहरु सेयर गर्दै यतिबेला काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई प्रश्न र आरोपको ओइरो लागेको छ । चुनाव ताका गरिबको चमेली बोल्दिने कोही छैन भन्दै ¥याप गाएर विद्यमान व्यवस्था, खराब नीति फेर्ने र गरिबको लागि पनि बोल्ने भन्दै काठमाडौंबासीका अपार माया र मत बटुलेका बालेन यतिबेला काठमाडौंबासीसंगै देशैभरबाट आलोचनाले घेरिएका छन् ।

काठमाडौंलाई धनीको शहरका रुपमा मात्रै बुझेको र यहाँ रहेका न्यून आय भएका, सहरिया गरिब प्रति बालेन तीब्र रुपमा अनुदार बन्दै गएको भन्दै उनीमाथि आरोप लागेको छ । सडकमा ठेलामा तरकारी फलफूल बेचेर गुजारा गर्ने महिला, जेष्ठ नागरिकलाई समेत नगरप्रहरीले खेदी–खेदी लखेटेको, उनीहरुको सामान र ठेला जफत गरेको र पीडितहरुले बिलौना गरेको भिडियोहरु सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

सो भिडियो हेरेपछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरले चाहिने भन्दा बढी ज्यादती गरेको भनेर आफ्नो टिप्पणी प्रकट गरेका छन् । काठमाडौं महानगर अन्तर्गतका सडक किनारा, शहरका खुला स्थान वा ठेलागाढामा तरकारी, फलफूल, चटपटे लगायतका थोरै लगानीको व्यापार गरेर दैनिक रोजीरोटीको गुजारा गर्नेहरुमाथि धरपकट, सामान जफत लगायतका घटनामा बृद्धि हुन थालेपछि राजनीतिक दलका नेता तथा नागरिक स्तरबाट महानगरपालिकाको कार्यशैलीमाथि तीखो टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका छन् । बालेन्द्र शाह मेयर भएयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान नै सञ्चालन गरिरहेको छ ।

यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका छन् । काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव दिएका छन्।

लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु – सहरीकरण, अनौपचारिक श्रम÷अर्थतन्त्र,धनी÷गरिबको विभेदीकरण संक्रमणकालीन समाज÷अर्थतन्त्रको संरचनात्मक समस्या हो।

यसको दिगो समाधान लाठी÷बन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया!’ केही दिनअघि थापाथलीस्थित बागमती किनारका सुकुमवासी बस्ती डोजर लगाएर खाली गराउन खोज्दा पनि स्थानीयले हतियारसहित प्रतिकार गरेका थिए । भट्टराईको भनाइलाई समर्थन गर्दै पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि यस्तो ज्यादतीले समाधान नहुने भन्दै अनौपचारिक क्षेत्रबिना शहर चल्न नसक्ने बताएकी छिन् ।

उनले ठेलाको व्यापार भन्दा शहरको सुन्दरता प्यारो भएको हो ? भोली त्यही ठेला नआउँदा तरकारी के किन्छौँ ? भन्दै खतिवडाले प्रश्न गरेकी छिन् । उनले भनेकी छिन–‘के हामीलाई शहरको “सुन्दरता” त्यति धेरै प्यारो भयो कि ठेलाको ब्यापार पनि देख्न सकेनौ ? भोली त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौ ? अनौपचारिक छेत्रबिना अहिले नै शहर चल्न सक्दैन । कि त ठाउँ दिनु पर्यो, यस्तो ज्यजतीले केही समाधान हुँदैन है ।’

यस्तै गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ कि उम्मेदवार रहेकी रञ्जु दर्शनाले पनि व्यङ्ग्य गर्दै भनेकी छिन–‘काठमाडौंमा कुनै समय सबैले सपना देख्न पाउँथे अब काठमाडौंमा सुकिला–मुकिला मात्रै प्रवेश भनेर यो पालिकाको सिमामा टाँसीदिनुस ।

’ यस्तै प्राध्यापक एवं लेखक संजीव उप्रेतीले प्रश्न गरेका छन–‘के गरीबको बाँच्ने अधिकार छैन यस शहरमा ? गरिबको सफाया गरेर शहरलाई सुन्दर बनाउने ? त्यो सुन्दरता कसका लागी हो ? मानवीय समवेदना मरेको शहर कसरी सुन्दर हुन्छ ? सुन्दरताको बुझाइ कस्तो हो ?’ सामाजिक सञ्जालमा यसरी महानगरको गतिविधिप्रति तीब्र असन्तुष्टि प्रकट भइरहेका बेला नगर प्रमुख शाहले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top