एजेन्सी, भदौ ११
विश्व फुटबलको स्टार खेलाडीद्द्वय ब्राजिलीयान फरवार्ड नेयमार र फ्रेन्च केलियन एमबाप्पेबीच कुनै मनमुटाव नरहेको डिफेन्डर थोमस म्युनियरले बताएका छन् । पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार खेलाडी नेयमार र एमबाप्पेबीच पछिल्लो समय आन्तरिक मनमुटाव रहेको खबर बाहिर आएको सरासर झुट रहेको पीएसजीकै म्युनियरले बताएका हुन् ।
बेल्जियमका म्युनियरले नेयमार र एमबाप्पेबिच कुनै प्रतिद्वन्द्वीता नरहेको बताएका छन् । उनले दुवै खेलाडीले टिमबाट उत्कृष्ट लयमा खेलिरहेको दावी गर्दै गोलका लागि एक अर्कालाई सहयोग गर्ने गरेको समेत बताए ।