एजेन्सी, भदौ ११
बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ । रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १(० ले पराजित भएको थियो ।
खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो । बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले यो अविश्वसनीय रहेको बताए । उनले ला लिगाका प्रतिनिधि केहि पनि महसुस नगरेको आरोप लगाए ।
बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले यो आफ्नो अपमान भएको बताएका छन् । ला लिगाले एक विज्ञप्ति जारी गर्दै मैदान जाँच गरिरहेका बताएको छ । पछिल्लो वर्ष प्ले–अफबाट छनोट हुदै २०१३–१४ को सिजन पछि पहिलो पटक ला लिगामा रियल भालाडोलिड खेल्दै छ । रियल भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले क्लबले पिच तयार गर्न सबैथोक गर्न सक्ने भएपनि त्यसो नगरेको आरोप लगाए ।