विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?

२६ मंसिर,एजेन्सी ।
विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले खेल्ने पक्का भएको छ । यी दुई देशबीचको खेल मंगलबार राती पौने १ बजे सुरु हुनेछ ।विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एकरएक खेलमा विजयी भएका छन् ।

सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १ शुन्य गोलले हरायो । त्यतिबेला ३६ मिनेटमा पिनेडाले गरेको गोल नै अर्जेन्टिनाको जितको आधार बनेको थियो । तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई हरायो । अर्जेन्टिनालाई ३ शुन्य गोलले हराउने क्रममा क्रोएसियाका रेविक, लुका मोड्रिच र र्याकेटिचले गोल गरेका थिए ।

विश्वकपबाहेक यी दुई देशले थप ३ वटा खेल खेलेका छन् । अर्जेन्टिना र क्रोएसियाबीच सन् १९९४ मा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३ गोल हान्दा अर्जेन्टिनाले २ गोल हानेर हार्यो । सन् २०१४ मा भएको मैत्रीपूर्णमा अर्जेन्टिना २ शुन्य गोलले विजयी भयो ।

अहिलेसम्मका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् । अर्जेन्टिना फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना समूह ‘सी’को विजेता हुँदै सेमिफाइनलसम्म आइपुगेको हो । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

यो खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि नेदरल्यान्ड्स र अर्जेन्टिनाले निर्धारित र अतिरिक्त समयमा २–२ को बराबरी खेलेका थिए । पछिल्लो ४१ खेलमा खेलमध्ये एक खेलमा मात्र हार बेहोरेको अर्जेन्टिना लियोनल स्कालोनीको प्रशिक्षणमा छ । विश्व फुटबलमा आफ्नो बेग्लै पहिचान स्थापित गराएका लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले २०१४ को संस्करणपछि सेमिफाइनलमा स्थान बनाएको हो ।

रोचक तथ्य के भने अर्जेन्टिनाले हालसम्म विश्वकपको सेमिफाइनलमा हार बेहोरेको छैन । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को सेमिफाइनल खेलेको थियो । यी सबै संस्करणमा अर्जेन्टिनाले फाइनल पनि खेलेको थियो । जसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को उपाधि जितेको थियो ।

यता फिफा वरीयताको १२ औँ स्थानमा रहेको क्रोएसिया विश्वकपको साविक उपविजेतासमेत हो । कतार विश्वकपमा समूह ‘एफ’को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले अन्तिम–१६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो । जापानविरुद्धको पेनाल्टीमा जित निकाल्नुअघि क्रोएसियाले खेलको निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेको थियो ।

यस्तै, लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमै हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि ब्राजिल र क्रोएसियाले १–१ को बराबरी खेलेका थिए । सन् १९९१ जुन २५ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसियाको फिफा विश्वकपको इतिहास लामो छैन् ।

सन् १९९८ मा फ्रान्स विश्वकपमा पहिलोपटक छनोट हुँदा नै क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसयताका सबै संस्करणमा सहभागिता जनाएको क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।यसअघि २०१८ मा रुस विश्वकपमा क्रोएसियाले फाइनलसम्मको यात्र तय गरेपनि फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top