×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतबाट फेरि बिजुली किन्न थालियो

२६ मंसिर २०७९

२६ मंसिर,एजेन्सी ।
सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो । प्राधिकरणका अनुसार यति बेला नेपालले भारतबाट किन्ने र बेच्ने बिजुलीको परिमाण बराबर जस्तै छ ।

यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट आसपास छ । तर, यो वर्षायामको समयमा मात्रै हुने उत्पादन हो । नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर)मा आधारित भएकाले वर्षा याममा बढी बिजुली उत्पादन हुन्छ ।

Advertisement
Advertisement

तर, सुख्खा याम लागेसँगै नदीको प्रवाह घट्दै जाँदा समग्र उत्पादन खुम्चिन्छ । यससँगै, यति बेला नेपालको कूल उत्पादन १ हजार मेगावाट आसपास रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

उनले सुख्खा याम लागेसँगै नेपालले भारतबाट बिजुली किन्न थालेको पुष्टि गरेका छन् । ‘विगत ४÷५ दिनदेखि भारतबाट बिजुली किनिरहेका छौँ’ उनले थपे, ‘नेपालमा कम माग भएको समयमा भारततर्फ बेचिरहेका छौँ । यता बढी माग हुँदा किन्नुपर्छ ।’ भट्टराईका अनुसार बिहान र साँझको समयमा नेपालले भारततर्फ बिजुली बेच्ने गरेको छ ।

Advertisement

यस्तै, सोही समयमा माग बढेमा भारतबाट बिजुली किन्न समेत थालिएको छ ।भट्टराईले अहिले दैनिक १ हजार किलोवाट आवर बिजुली किनबेच भइरहेको छ । नेपालमा अर्धजलाशययुक्त र जलाशययुक्त आयोजना न्यून हुँदा सुख्खा याममा भारतसँग ३०० मेगावाटसम्म बिजुली किन्नुपर्छ । यस्तै, वर्षा याममा बिजुलीको उत्पादन बढेसँगै पुनः ४०० मेगावाटसम्म बिजुली निर्यात हुन्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top