×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मस्कलाई किन मन परेनन् पत्रकारहरु ?

१ पौष ,एजेन्सी ।
कुनै पनि शर्तमा अभिब्यक्ति स्वतन्त्रतालाई खोस्ने वा कम गर्न नहुने भन्दै यसमा कडारुपमा वकालत गर्दै आएका एलन मस्क अहिले स्वयं पत्रकारहरुमाथि कैंची लगाउन थालेका छन् । ट्विटरको कमान्ड सम्हाले यता एकपछि अर्काे विवादित निर्णय गर्दे आएका उनले अहिले धमाधम ट्वीटरमा पत्रकारका अकाउन्ट खारेज गर्न थालेका छन् ।

वाल स्ट्रिट जर्नल(डब्लूएसजे)काअनुसार एलोन मस्कले किनेपछि चर्चित मिडिया आउटलेटका पत्रकारको ट्वीटर अकाउन्ट निस्क्रिय भइरहेका छन् । किन रद्द गरिएको भन्ने ट्वीटरले खुलाएको छैन । सीएनएन, दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र मासबलमा आवद्ध पत्रकारहरूको अकाउन्ट रद्द भएको डब्लूएसजेले बताएको छ ।

Advertisement
Advertisement

ट्वीटरको विश्वास र सुरक्षा विभाग प्रमुखले ई–मेलमार्फत प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । बिहीबार मात्रै ट्वीटरले प्रतिस्पर्धी सामाजिक सञ्जाल मास्टोडनको अकाउन्ट निस्क्रिय पारेको थियो । यद्यपि, किन रद्द भएको भन्ने ट्वीटरले खुलाएको छैन । यो विषयमा मास्टोडनका अधिकारीले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

तर इलन मस्क र ट्विटरबारे लेख्दै आएका करिब आधा दर्जन पत्रकारहरूको खाता निलम्बन भएको छ । यसअघि ट्विटरले इलन मस्क लगायत विभिन्न प्रमुख व्यक्तिहरूको व्यक्तिगत जहाज ट्रयाकिङ गर्ने झण्डै २५ वटा ट्विटर खाताहरूलाई पनि हटाइदिएको थियो ।

यो पटक निलम्बनमा परेका पत्रकारमा न्युयोर्क टाइम्सका रायन म्याक, वासिङ्टन पोस्टका ड्रु हर्वेल, इन्डिपेन्डेन्टका आरोन रुपर, सीएनएनका डनी सुलिभान, मासेबलका म्याट बाइन्डर, स्वतन्त्र पत्रकार टोनी वेबस्टर, इन्टरसेप्टका मिका ली र राजनीतिक पत्रकार किथ ओल्बरम्यान छन् ।

उनीहरूको ट्विटर खातामा अहिले ‘ट्विटरको नियम उल्लंघन गरेको’ सूचना देखाइएको छ । गएको महिना मस्कको जहाजलाई ट्रयाक गर्ने बीस वर्षीय विद्यार्थी ज्याक स्वीनीको ट्विटर खाताबारे सोधिएको प्रश्नमा मस्कले आफूलाई व्यक्तिगत रुपमै असर गर्ने कार्य गरिएको भए पनि आफूले उक्त अकाउन्ट चल्न दिने र वाक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको प्रतिकृया दिएका थिए ।

अहिले हटाइएका पत्रकारहरूमध्ये केहीले मस्कको जहाज ट्रयाक गर्ने उक्त ट्विटर एकाउन्टबारे लेखेका थिए भने केहीले मस्कको ट्विटर स्वामित्वबारे विविध विषयमा उनको आलोचना गरेका थिए । आफूले ट्विटर खरीद गरेपछि मस्कले सो सञ्जाललाई एकदमै स्वस्थ्य र कृयाशिल बहसको स्थल बनाउने घोषणा गरेका थिए ।

एप्रिलमा गरेको एक ट्वीटमा उनले लेखेका थिए, ‘मलाई आशा छ, मेरा सबैभन्दा ठूला आलोचकहरू पनि ट्विटरमा रहिरहनेछन् किनभने वाकस्वतन्त्रता भनेको त्यही हो ।’ तर गएको साता आफ्नो परिवारको यात्रासम्बन्धी विवरण सार्वजनिक हुँदा समस्या आएपछि उनले आफ्नो विचार फेरेको देखिन्छ ।

सस्पेन्ड गरिएका पत्रकारहरूको एकाउन्टमा दसौं हजार फलोअर छन् । यो घटनाको बारेमा ट्वीट गर्दै मस्कले कसैको पनि रियल टाइम लोकेसन (उपस्थित भएको स्थान र समय) सार्वजनिक रुपमा सेयर गर्ने एकाउन्टहरू निलम्बन गरिने बताएका छन् । सस्पेन्ड भएकामध्ये धेरैले ती स्वीनी र उनको एकाउन्ट इलन जेटबारे लेखेका थिए ।

मस्कले आफ्नो छोराको गाडीलाई लस एन्जलसमा पछ्याइएको र अवरोधसमेत गरिएको भिडियो पनि सार्वजनिक गर्दै यससँग सम्बन्धित व्यक्तिहरूका विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । मस्कले गत अप्रिलमा ट्वीटर किनेका थिए । त्यसयता ट्वीटरका साथै उनका अन्य कम्पनीहरुको पनि शेयरमा भारी गिरावट आएको छ । जसका कारण मस्क विश्वको धनाढ्य सूचीमा पहिलो स्थानबाट दोस्रो स्थानमा झरेका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top