स्पेनका कप्तान सर्जियो बुस्केट्सद्धारा सन्यास घोषणा

२ पौष ,एजेन्सी ।
स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कतारमा जारी फिफा विश्वकपमा नकआउट चरणबाटै स्पेन बाहिरिएपछि मिडफिल्डरसमेत रहेका बुस्केट्सले सन्यास लिएको घोषणा गरेका हुन् । कतारमा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् ।

स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो । बुस्केट्सले लेखेका छन्, ‘म घोषणा गर्न चाहन्छु कि लगभग १५ वर्ष र १४३ खेलपछि राष्ट्रिय टोलीबाट बिदा लिने समय आएको छ ।’ ‘मेरो देशको प्रतिनिधित्व गर्नु र यसलाई शीर्षमा लैजान पाउनु, विश्व र युरोपेली च्याम्पियन बन्नु, कप्तान हुनु र धेरै खेलहरू खेल्नु, ठूलो वा कम सफलता पाउनुसँगै अद्वितीय, अविस्मरणीय र ऐतिहासिक अनुभवसहित बिदा लिने निर्णय गरेको छु ।’

‘मलाई अझै पनि यो सम्झना आइरहनेछ । म यो धेरै मिस गर्नेछु । अन्तमा, म मेरो टोलीका साथीहरू र नयाँ प्रशिक्षक लुइस डे ला फुएन्टेलाई सफलताको कमना गर्दछु । अब म एक समर्थक हुनेछु । म रमाइलो गर्नेछु र हाम्रो टोलीलाई बिनाशर्त समर्थन गरिरहनेछु ।’ सर्जियोले स्पेनबाट १४३ खेलमा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

Advertisement

सन् २००९ मा स्पेनको सिनियर टोलीमा डेब्यु गरेयता उनी टोलीको नियमित सदस्य हुन् । उनले स्पेनबाट २०१० मा विश्वकप र २०१२ मा युरोकप जितेका छन् । उनले २८ मार्च २००९ मा फिफा विश्वकप २०१० को छनोटमा टर्कीमाथि २–१ को जित निकालेको खेलमा दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका थिए ।

डेभिड सिल्भाको स्थानमा मैदान छिरेका उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा १६ मिनेट मैदानमा बिताए । उनले म्यासेडोनिया र बेलारुसविरुद्ध गोल गरेका छन् । बुस्केटले क्याटलान क्लब बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्दै आएका छन् । उनी बार्सिलोनाका समेत कप्तान हुन् । उनले नयाँ क्लबको विषयमा समेत अर्को महिना निर्णय गर्ने बताएका छन् । उनी पछिल्लो समय बार्सिलोनाबाट अमेरिकन क्लब इन्टर मियामी जाने प्रयासमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top