×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

तेस्रो हुन मोरक्को र क्रोएसिया आज भिड्दै

२ पौष,एजेन्सी ।
कतारमा जारी २२ औं फिफा विश्वकपमा आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ः४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो ।

सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको थियो । एउटै समूहमा रहेका यी टोली जारी विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन् । समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । दुवै टोली आक्रमक कम र रक्षात्मक बढी खेल्ने टिमका रुपमा परिचित छन् ।

Advertisement

मोरक्कोले फ्रान्ससँग २–० को पराजय ब्यहोर्नु अघिसम्म विपक्षीबाट गोल खाएको थिएन । जुन नतिजाले मोरक्को विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्नबाट चुक्यो । जापान र ब्राजिलाई पेनाल्टी सुटआउटमा पराजित गरेको क्रोएसियाको पनि खराब हार अर्जेन्टिनासँगैको थियो । जसले फ्रान्ससँग अघिल्लो फाइनलमा ब्यहोरेको हारको बदला लिने मौका गुमायो ।

अब क्रोएसिया तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ । यसै विश्वकपको समूह चरणमा भएको पहिलो भेटमा क्रोएसियाले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन राखेपनि मोरक्कोको बलियो रक्षापङ्तिलाई तोड्न सकेको थिएन ।

यसपटक क्रोएसिया त्यो चुनौती तोड्दै तेस्रो हुन चहान्छ । सम्भवत अन्तिम विश्वकप खेलिरहेका लुका मोड्रिच आफ्नो टोलीलाई तेस्रो बनाएर विश्वकपबाट बिदा लिन चहान्छ । क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ । यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । मोरक्को तेस्रो नभएपनि इतिहास बनाइसकेको यो टोलीलाई ऐतिहासिक स्वागत हुने पक्का छ ।

मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top