इरानकी चर्चित अभिनेत्री सरकारको निशानामा

३ पौष, एजेन्सी ।

हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन् ।

इरानको सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो । गत हप्ता, तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोधको समर्थनमा उनको इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेर आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको पनि आलोचना गरेकी थिइन् ।

Advertisement

मोहसेन शेखरीलाई ‘दंगा’ गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो । मोहसेनले सेप्टेम्बरमा राजधानी तेहरानमा एउटा मुख्य सडक अवरुद्ध गरेर एक अर्धसैनिक सिपाहीलाई घाइते बनाएका थिए । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।

यस्तै अभिनेत्री तरानेहले आफ्नो पोस्टमा मोहसेन शेखारीको सजायको विरुद्धमा केही नबोलेको भन्दै केही अन्तर्राष्ट्रिय संस्थालाई पनि निशाना बनाएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘उनको नाम मोहसेन शेकरी हो । यो रक्तपात देखेर कुनै कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्थाले मानवतालाई कलंकित गर्न लागेको छ ।’

Advertisement

एर्नाको टेलिग्राम अकाउन्टमा भएको पोष्टका अनुसार तरानेहले आफ्नो दाबीको सम्बन्धमा कुनै कागजात उपलब्ध गराउन नसकेको कारण पक्राउ गरिएको हो । तरानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ ।

इरानमा मोरालिटी प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि महिला अधिकारका लागि हिंसात्मक प्रदर्शन भइरहेको छ । अभिनेत्री तरानेह आन्दोलन सुरु भएदेखि नै सरकारको कडा आलोचक हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top