हरर थ्रिलर ‘चि मुसी चिः कस्तो छ ? आयुष्मानले कहिलेकाहीँ प्रियंकामा भुतको रुप देख्छन् ?

६ पुस ७९, बिहीबार

७ पौष,काठमाण्डौ ।
नेपाली चलचित्र ‘चि मुसी चिः भन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन धेरै नै गाह्रो रहेको बताइन । उनले फिल्म धेरै राम्रो भएकाले दर्शकले धेरै मन पराउनेमा विश्वस्त रहेको बताइन । त्यस्तै अभिनेत्री ऋचा शर्माले लामो समय लिएर फिल्म धेरै नै राम्रो बनेको बताइन । उनले सुनकेशरी फिल्म यो फिल्म जस्तो बनाउन खोजेको तर त्यस्तो बन्न पुगेको बताइन ।

त्यस्तै अर्की अभिनेत्री बेनिशा हमालले हरर फिल्ममा काम गर्न धेरै नै गाह्रो भएको बताइन । उनले आफूले यो फिल्ममा काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताइन । त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले फिल्ममा जस्तै श्रीमतीसँग झगडा गर्दा घरमा कहिलेकाहीँ भुतको रुप देख्न पाइने ठटेंली गरेका छन् । २ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ ।

आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ ।  अरुन च्रकवती बिराटनगर को नै हुन ।सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top